Breaking News

भद्रगोलकी रक्षा गजलबारमा मदिराले लट्ठ (भिडियो हेर्नुहोस) ।।



काठमाडौं/ 
भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ पोखराको एक गजलबारमा मदिरामा लट्ठ भएको अवस्थामा भेटिएकी छन् । मोडल अनिल श्रेष्ठको गीत सुनेर उनी अनिल कै कल्पनामा डुबेकी  छन् । यो वास्तविक नभई चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको हरेक रात बोलको आधुनिक गीतको म्युजिक भिडियोको दृश्य हो । यस म्युजिक भिडियोमा अनिल र रक्षाको साथमा राजेन्द्र लुईटेलको अभिनय रहेको छ । शेखर ढुंगेलको शब्द र टिका भण्डारीको संगीत रहेको छ ।  गीतको म्युजिक भिडियो निर्देशन नव ढुंगेलले गरेका छन् । अमृत सुनुवारको छायांकन माधव बेल्वासेको सम्पादन रहेको छ । 

 सिन्धुपाल्चोकका अनिल श्रेष्ठलाई सानै देखी कलाकारितामा  आउने रहेर थियो । राम्रो कलाकार बन्ने सपना उनीमा थियो ।  समय परिस्थितिले उनलाई त्यो अवसर आएन । उनले हरेस भने खाएका थिएनन् । निरन्तर त्यसका लागी मेहनत गरिरहे ।  आफ्नो ब्यवसाय र समाजसेवामा निरन्तर सक्रिय भएर लागे । उनी अहिले पनि व्यवसायलाई जति समय दिन्छन् । त्यति नै समाजसेवामा समय दिन्छन् । कोमल मनका धनी उनी अरुको दुःख देख्न सक्दैनन् ।

धैर्यता र लगनशिलताका साथ अघि बढ्यो भने कुनै पनि काममा सफल भइन्छ भन्ने उदाहरण बनेका छन् अनिल श्रेष्ठ । जसले सानोमा देखेका सपना जीवनको तिन दशकको हाराहारीमा आएर पुरा गरेका छन् । कला क्षेत्रमा लाग्ने उनको सपना अहिले आएर पुरा भएको छ । चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको हर रातको आधुनिक गीतमा अभिनय गर्दै नेपाली कला क्षेत्रमा आफ्नो उपस्थिति जनाएका छन् । उनको पहिलो अभिनय भए पनि यस म्युजिक भिडियोमा सशक्त अभिनय गरेका छन् । जसले उनको आगामी अभिनय यात्रा सुखत रहने देखिन्छ ।  केहि समय अभिनय सिकेका अनिललाई अभिनय यात्रामा ल्याउन उनका साथी सञ्चारकर्मी तथा कलाकार राजेन्द्र लुईटेलको ठुलो सहयोग रहेको उनी बताउँछन् । 

अब निरन्तर अभिनयमा लाग्ने उनको योजना छ । उनलाई सन्देश मुलक गीतमा अभिनय गर्ने रहर छ । जसले समाजमा केहि सन्देश दियोस भन्ने उनको चाहना छ । व्यवसयाय, समाजसेवा र अभिनय तिन वटै क्षेत्रमा एक साथ अघि बढाउने उनको योजना छ ।  धेरै मेहनत गरेको र पहिलो प्रयासलाई आम दर्शकले मन पराई दिनेमा उनी विश्वस्त छन् । यसमा भएको कमी कमजोरीलाई आगामी दिनमा हटाउँदै  लाने उनी बताउँछन् ।  
भिडियो हेर्नुहोस्



2 comments:

  1. हेडलाइन ले ATtraction गर्याे तर गहिराइमा जादा के के न भन्थे के नै रहेछ ।। अलिकती audionce लाइ Confuse गर्ने भन्दापनी easy उक्त रहश्य थाहा पाउने ब्यबस्था भए उचित हुने ।।

    ReplyDelete
  2. हेडलाइन ले ATtraction गर्याे तर गहिराइमा जादा के के न भन्थे के नै रहेछ ।। अलिकती audionce लाइ Confuse गर्ने भन्दापनी easy उक्त रहश्य थाहा पाउने ब्यबस्था भए उचित हुने ।।

    ReplyDelete

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला