Breaking News

छविलालदेखि पुष्पकमल, जनसेनाको कमाण्डरदेखि दोस्रो प्रधानमन्त्रीसम्म

काठमाडौं, साउन १९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्री चुनिनुभएको छ । उहाँ दोस्रो पटक नेपालको प्रधानमन्त्री बन्नुभएको हो ।
प्रधानमन्त्री दाहालको जन्म मुक्तिराम दाहाल र भवानीका जेठा छोराको रुपमा वि।सं।२०११ साल मंसीर २६ गते ढिकुरपोखरी २ कास्कीमा भएको हो । न्वारनको नाम छविलाल भएकाले उहाँलाई पहिले सबैले छविलाल दाहालको रुपमा चिन्थे । नेपाली कम्युनिस्ट आन्दोलनका कठिन उकाली ओराली पार गर्ने क्रममा छविलालको नाम, काम र कर्म पनि परिवर्तन हुँदै गयो । छविलालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल, भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण हुँदै प्रचण्डको नामबाट उहाँ परिचित हुनुभयो ।
कम्युनिस्ट कार्यकर्ता धनबहादुर विश्वकर्माबाट कम्युनिस्ट बन्ने प्रेरणा पाउनुभएका छविलाल दाहालले आफ्ना हाइस्कुलका गुरु चन्द्रराज भुर्तेलबाट सक्रिय राजनीतिमा लाग्ने उत्साह प्राप्त गर्नुभयो । धनबहादुरले नै दाहाललाई कम्युनिष्ट नेता रूपलाल विश्वकर्मासँग चिनजान गराइदिनुभयो । त्यहीँबाट सुरु भएको हो प्रचण्डको राजनीतिक यात्रा।
४२ वर्षदेखि नेपालको सक्रिय राजनीतिमा रहेका ’प्रचण्ड’ले राजनीतिमा आउनुपूर्व झण्डै ६ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएस एडमा काम गर्नुभएको थियो । उहाँले कृषि तथा पशु विज्ञानमा स्नातक गर्नुभएको छ ।
२०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति शुरु गरेका ‘प्रचण्ड’ २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशनमा प्रवेश गर्नुभयो । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालीन सदस्य बनेका ‘प्रचण्ड’ २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित हुनुभयो ।
२०३८ सालमा क्षेत्रीय व्युरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका ’प्रचण्ड’ २०४० सालमा अनेयुसंघको अध्यक्ष बन्नुभयो । युवक संघको अध्यक्ष बनेपछि पार्टी नेतृत्वमा पुग्ने उहाँको यात्रा निकै तीब्र गतिमा अघि बढेको पाईन्छ । २०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य, ०४२ मा पोलिट्ब्यूरो सदस्य बन्नुभयो ।
०४२ सालमा पार्टी विभाजनपछि उहाँ मोहन वैद्य किरणतिर लाग्नुभयो । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला ०४५ सालमा सेक्टर काण्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडे लगत्तै पार्टी प्रमुख अर्थात ०४६ मा महामन्त्री बन्नुभएको थियो ।
२०४८ सालमा नेकपा एकता केन्द्रको महासचिव भएका ‘प्रचण्ड’ २०५१ मा नेकपा माओवादीको महासचिव र ०५७ मा भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
२०५७ सालमा एकीकृत नेकपा ९माओवादी०को दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी अध्यक्ष बन्नुभएका प्रचण्ड पार्टी एकीकरण भएपछि पनि अध्यक्षकै भूमिकामा हुनुहुन्छ ।
२०५२ सालमा शुरु भएको सशस्त्र बिद्रोहको नेतृत्व गरेका ‘प्रचण्ड’ राज्य सत्ता पल्टाउन गठन भएको सशस्त्र फौज९जनमुक्ति सेना, नेपाल०को सर्वोच्च कमाण्डर पनि बन्नुभयो । २०६३ साल असार २ गते २५ वर्षको भूमिगत जीवनबाट बालुवाटारमा सार्वजनिक भएका प्रचण्डले २०६४ सालमा भएको संविधानसभा चुनावमा काठमाण्डौ क्षेत्र नम्बर १० र रोल्पा क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभएको थियो ।
त्यसपछि २०६५ असार ३१ गते पहिलोपटक प्रधानमन्त्री बनेका प्रचण्डले तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवाल बर्खास्त प्रकरणसँगै २०६६ बैशाख २१ गते राजीनामा दिनुभएको थियो । सरकारको सिफारिस तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले फिर्ता गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
प्रचण्डले नेपाली समाज र राजनीतिमा रहेर किताब पनि लेख्नुभएको छ । प्रचण्ड विरुद्ध अहिले पनि सशस्त्र युद्धका क्रममा हत्यामा संलग्न भएको लगायतका मुद्दा छन् ।

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला