पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित
काठमाडौं, साउन १९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्री चयन हुन भएको छ । उहाँको पक्षमा ३ सय ६३ मत र विपक्षमा २ सय १० मत खस्यो । संसदमा बुधबार कुल ५ सय ७३ सांसद मतदानमा सहभागी थिए । उहाँ प्रधानमन्त्रीका एकल उमेद्वार हुनुहुन्थ्यो ।
दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्नु भएको हो । यसअघि गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बन्नु भएका दाहाल दुई पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता पनि बन्नु भएको छ । त्यस्तै संसद बैठक साउन २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख ओनसरी घर्तीले बताउनुभयो । Ujyaaloo
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला