घटना भएको आठ दिन पछि व्यापारीको शब फेला ।।

दार्चुला, साउन १९ /
साउन ११ गते दार्चुलाको घुसा गाविसमा भएको घटनामा जमनसिह महता संगैका आर्का व्यापारी सिप्टी गाविस वडा नम्बर ८ बस्ने दामोदरसिह धामीको शव आज आठ दिनपछि फेला परेको छ । आज विहान बैतडी जिल्लाको रुद्रेश्वर गाविस वडा नम्बर ९ चाङकुचामा चौलानी नदि किनारमा धामीको शव फेला परेको हो । 
प्रहरीले उक्त शव गोकुलेश्वर अस्पतालमा पोष्टमार्टमका लागि राखेको छ । धामीका आफन्त पनि अस्पतालमा पुगीसकेको र शवको सनाखत भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा प्रहरी निरिक्षक बोधराज ओझाले जानकारी दिनुभयो । शबको टाउँको र चिउँडोमा चोट लागेको छ । पोष्टमार्टम पछि मात्रै घटनाको रिपोर्ट आउने प्रहरीले जनाएको छ । घुसा गाविसको धनबोहरा ८ मा वेवारिसे पैशा र हतियार फेला परेको भोलीपल्ट व्यापारी जमनसिह महताको शव फेला परेको थियो भने उनीसँगै हराएका अर्का व्यापारी दामोदर धामीको शव आज फेला परेको हो । घटनाको बारेमा अझै अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुशीलसिह राठौरले जानकारी दिनुभयो । 

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला