शेरीका एक युवक रुखमा झुण्डिएको अबस्थामा फेला ।।

दार्चुला साउन १९ /
दार्चुलाको शेरी गाविस टुकापानी का एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शेरी गाविस वडा नं. ७ टुकापानी बस्ने देवसिँह धामी रुखमा झुण्डिएको अबस्थामा फेला परेको हुन् । हिजो बेलुकि तिर घटना भएको हुन सक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । आज विहान धामी रुखमा झुण्डिएको अवस्थामा देखेपछि मृतकका आफन्तले प्रहरी चौकी सिप्टीलाई खबर गरेका हुन् । के कति कारणले घटना भएको आफुहरुलाई पनि थाहा नभएको मृतकका आफन्तले बताएका छन् । अहिले अनुसन्धानका लागि सिप्टी प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल तर्फ गएको छ ।

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला