किन डराउँला र म त्यो दिल्लीको बिरालोसँग,, बाघैलाई त पछारूला यार के को टेन्सन ।।
गजल
![]() |
काशिराम बजगाई लम्की,कैलाली |
कि मरूला कि मारूला यार के को टेन्सन
नजिते पछि हारूला यार के को टेन्सन ।।
उनी खुकुरी पलाउँदैछिन् रे पलाउँन देऊ
म कलम तिखारूला यार के को टेन्सन ।।
किन डराउँला र म त्यो दिल्लीको बिरालोसँग
बाघैलाई त पछारूला यार के को टेन्सन ।।
तिमी आँखा चिम्लेर ढुक्क भएर हिड यो सडकमा
सबका पाइला पछि सारुला यार के को टेन्सन ।।
म तिम्रो फूल झै तश्बिर त्यो जूनमा सजाउँनेछु
अरे नभए जूनै झारूला यार के को टेन्सन ।।
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला