Breaking News

समर्पणको अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)


यहि पुष १५ गते बाट रिलिज हुने चलचित्र समर्पणको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । नेपाल तथा बंगलादेशमा छायाकन गरीएको चलचित्र समर्पणमा साथिभाईको कथा समाबेश गरिएको छ ।

चलचित्रलाई  बसन्त निरौलाले निर्देशक गरेका हुन ।फायर ईन्टर प्राईजेज एण्ड मिडिया प्रालीको ब्यानरमा  रोजन रखालको प्रस्तुतिमा चलचित्रलाई ईमरान सिद्दिकीले निर्माण गरेका हुन ।


चलचित्रमा कैलास तामाङ,रन्जु शर्मा,रुबिना शर्मा,अनु पराजुली आशा भुषाल, रोजन रखाल ,बिश्व लामा,प्रयास लामा लगाएतको मुख्य भुमिका रहेको छ ।

टंक बुढाथोकीको संगीत रहेको यो चलचित्रमा दिब्य सुबेदी,दिेनेश बान्तोवा,जयकुमार दलामी मगरको छायाकन,बिश्वास लामाको नृत्य, किरण अधिकारी र तारा थापा किम्भेको सम्पादन तथा कुमार महर्जनको एक्सन रहेको छ ।

त्यस्तै चलचित्र समर्पण युनिटले शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा नगद बिस हजार सहयोग समेत गरिएको छ । राष्ट्रिय अपांग कोषको सहयोगार्थ उक्त रकम सहयोग गरेको हो ।चलचित्रका  निर्माता  रोजन रखालले आफनो चलचित्रले समाजिक काममा समेत् सहयोग गरदै जाने बताउनु भयो ।
भिडियो हेर्न क्लिक गर्नुहोस् ।





No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला