Breaking News

पहिले लजालु थिएँ, अहिले त गाजलु भैसकेँ स् गौरव पहारी

गौरव पहारीको पछिल्लो सिनेमा गाजलुले सफल ब्यापार गरेको छ । मंजरीबाट नेपाली सिने उद्योगमा छिरेर गाजलुसम्म आइपुग्दा उनले आफैलाई अब्बल कलाकारको रुपमा स्थापित गराइसकेका छन् । मंजरीमा होस् या होस्टेल या गाजलुमा उनको अभिनय सशक्त छ । आफूलाई हिरोभन्दा कलाकारको रुपमा चिनाउन अग्रसर उनी अब बुबा टीका पहारीलाई पछ्याउँदै भिलेनको भूमिकामा देखिन चाहन्छन् । गौरवले फिल्मसँगै जोडिएका बाल्यकाल र मुम्बईमा अभिनय सिक्दाका केही रमाइला कुरा बाँडेका छन् ः

मैले होस्टेलमा पढेँ । बुबाको मुभी हेर्थेँ । मलाई अझै पनि याद छ, पुरानो जय नेपालमा गएर मुभी हेरिन्थ्यो । म होस्टेल बसेको कारणले मैले त्यति मुभी हेरिन, सानोबेलामा । मेरा कतिपय साथीहरु जस्तो सलोन, अनमोलहरुले चाईल्ड आर्टिस्ट काम गरिसका थिए । मैले गरिन । म लजालु स्वभावको थिएँ । अहिले त म त्यस्तो छैन । अहिले त गाजलु स्वभावको भैसकेको छु ९हाँस्दै० । फिल्ममा हिरो देख्दा म पनि हिरो बन्छु भन्ने मनमा आउँथ्यो । तर त्यो मनमै राख्थेँ । स्कूलमा पनि नाटक खेलिनँ । स्टेज चढ्नै गाह्रो हुन्थ्यो । कहिलेकाहीँ स्कूलमा प्रेयरको लागि बोलाउँदा नि डर लाग्थ्यो । 

जब मैले मुम्बईमा गएर एक्टिङ कोर्स गरेँ, तब मेरो कन्फिेडेन्स बढ्यो । बुबालाई मैले एक्टिङ सिक्छु भनेँ । मैले सिकेको ठाउँमा रणविर सिंह म भन्दा जुनियर हुनुहुन्थ्यो । बलिउडका सुपरस्टारहरु, रणविर कपुर, करिना कपुर, ईमारान खान कट्रिना कैफ उहाँहरुले पनि त्यहीँ सिक्नुभएको हो । तर एक्टिङ भनेको कसैले सिकाएर सिक्ने भन्ने होईन । उहाँहरुले ईमोसन कसरी ल्याउने भन्ने कुरा मात्रै सिकाउने हो । 

मेरो  मिथुन चक्रबर्तीसँग भेट भयो । उहाँको छोराले मसँगै अभिनय सिकेको हो । उहाँको घर त हाम्रै घर जस्तै भईसकेको थियो । हामी उहाँकोमा गएर खाना खान्थ्यौँ । उहाँ आफैले मीठो बनाउनुहुन्थ्यो । एकदमै मीठो बनाउनुहुन्थ्यो । एकदमै डाउन टु अर्थ स्वभावको उहाँ । त्यहाँ रहँदा बलिउड सुपरस्टार साहरुख खान , सलमान खान, अक्षय कुमारलाई भेटेँ । ओम शान्ति ओमको सुटिङ हुने बेलामा हामी पनि मिथुन दाको पछिपछि लागेर गएको थियौँ । उनीहरुलाई त्यहीँ भेटेका थियौँ । 

बच्चा बेलामा त बुबासँग बोल्न नै डर लाग्थ्यो भिलेनको क्यारेक्टर देखेर । बुवा ब्यस्त कलाकार । हामी तीन दाजुभाइ । हामी सबै होस्टेल बसेको । फिल्ममा भिलेन भएपछि साँच्चै हो कि रु जस्तो लाग्ने, केही भन्न पनि डर लाग्ने । १२ पछि बल्ल खुल्दै आएको हो । अहिले त साथी जस्तै भईसक्यौँ । बुबाको धेरैजस्तो मुभी हेरेको छु । दर्पण छाँया, चट्याङ, पृथ्वी, दुई थोपा आँशु हेरेको छु । 

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला