Breaking News

न्युनतम सेवा गुणस्तरको आधारमा जिल्ला अस्पताल दार्चुलाको ६० नम्बर

        न्युनतम सेवा गुणस्तर मापनको एक सय पुर्णाङ्कमा दार्चुला जिल्ला अस्पतालले ६० नम्बर प्राप्त गरेको छ । विभिन्न आठ वटा खण्डको आधारमा गरिने गुणस्तर मापनको हिसाबमा दार्चुला जिल्ला अस्पतालले ६० अंक प्राप्त गरेको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्रसिह तिङ्करीले जानकारी दिनुभयो । नेपाल सरकारले निर्धाणरण गरेको उक्त सुचकाँकहरुमा शुसासन, संस्थागत व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, आर्थिक व्यवस्थापन, सूचना व्यवस्थापन,गुणस्तर व्यवस्थापन, चिकित्सा सेवा व्यवस्थापन, र अस्पताल सर्पोट सेवा व्यवस्थान गरी आठ वटा सुचका आधारमा गुणस्तर मापन गरिन्छ । त्यस्तै शुसासनमा २१ पुर्णाङ्क,संस्थागत व्यवस्थापनमा ७, मानव संसाधन व्यवस्थापनमा ९, आर्थिक व्यवस्थापनमा १४, सूचना व्यवस्थापनमा १३ , गुणस्तर व्यवस्थापनमा १० पुर्णाङ्कमा सेवा मापन गरिन्छ । त्यसैगरी चिकित्सा सेवा व्यवस्थापन भित्र पनि ११ वटा सुचकमा सेवा मापन गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिङ्करीले जानकारी दिनुभयो । चिकित्सा सेवा भित्र ओपीडि सेवा, आकस्मिक सेवा, फार्मेसी, प्रयोगशाला, नर्सिङ सेवा, सुत्केरी सेवा, ड्रेसिङ र इन्जेक्सन, सर्जिकल सेवा, निदानात्मक सेवाको सुचकका आधारमा गुणस्तर मापन गरिन्छ भने अस्पताल सपोर्ट सेवा भित्र पनि केन्द्रीय आपुर्ती तथा निर्मूलीकरण, कपडा धुने, हाउस किपिङ, मर्मत सम्भार, फोहर व्यवस्थापन, उर्जा प्रणाली, सुरक्षा सावधानी, यातायात सञ्चार, मेडिकल स्टोर, सूचना शिक्षा तथा संञ्चारको सुचकहरुमा सेवा गुणस्तर मापन गरिन्छ । 

दार्चुला जिल्लामा अरु सबै सुचकहरुमा सुधार भएपनि सूचना व्यवस्थान र अस्पताल सपोर्ट सेवा व्यवस्थापनको सुचकमा जिल्ला अस्पताल दार्चुला पछाडी रहेको छ । यी सुचकहरु भौतिक पुर्वाधारको हिसाबमा पछि परेका हुन् । महाकाली नदिमा आएको बाढीका कारण जिल्ला अस्पताल दार्चुलाको पुरानो भवन बगाएपछि जिल्ला अस्पाताल दार्चुलामा अझै भवन अभाव रहेको छ ।

त्यसैगरी हाल ६० नम्बरमा रहेको जिल्ला अस्पतालको न्युनतम सेवा गुणस्तर चालु आर्थिक बर्षमा झण्डै १२ नम्बरले बढ्ने अध्यक्ष तिङ्करीको दाबी छ । चिकित्सा सेवामा दार्चुला जिल्लामा पछिल्लो समय सुधार भएको र सुदुरपश्चिममा समेत नभएका उपकरणहरु जिल्ला अस्पतालमा पुगेकोले पनि गुणस्तर बढ्ने अध्यक्ष तिङ्करीको भनाई छ । 

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला