महताको हत्या भएको आफन्तको दाबि
दार्चुला श्रावण १३
घुसा घटनामा ज्यान गुमाएका जमन सिह महताको आज बेलुका अन्तेष्टि गरिएको छ । पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइउको उनको शवको पोष्टमार्टमपछि अन्तेष्टि गरिएको हो ।
स्थानीयले बेवारिसे सरसमान भेटेको जानकारी दिएपछि खोजतलासको क्रममा घुसा ८ चमेलिया नदी किनारमा मृत अवस्थामा भेटिएका सिप्ट गाविस ३ का स्थानीय बासिन्दा महताको हत्या भएको उनका आफन्तले बताएका छन् ।
अपिनगरपालिका वडा नम्बर १२ मा रहेको घर नारायणी फाइनान्स्मा धितो राखि ७ लाख ऋण लिएर यार्शा खरिद गर्न घुसा पुगेका महता हत्या भएको हुन सक्ने प्रहरीले पनि जनाएको छ । ‘पेट, छाति र टाउकोमा चक्कुको घाउ छ र घटनास्थलको प्रकृति तथा बेवासिरे फेला परेका सरसमानको अवस्थाले पनि हत्या भएकोतिर संकेत गरेको छ ।’ जिल्ला प्रहरी स्रोतले बतायो । महताका आफन्तले पनि उनको हत्या भएको भन्दै आएका छन् तर कसले के उद्देश्यले महताको हत्या गरे ? भन्ने वारेमा भने खुल्न आएको छैन ।
महतासँगै घुसा गएका भनिएका सिप्टी ८ का दामोदर धामीलाई भने फेला पार्न नसकिएको प्रहरीको भनाई छ । सदरमुकामबाट यार्शा व्यापारीको रुपैयाँ लिएर महतासँगै घुसा गएका धामीको झोला र कमिज घटना स्थलमै फेला परेको थियो ।
घटनाको अनुसन्धानमा सहयोग गरिरहेका स्थानीय दुई जनालाई थप सहयोगका लागि आफुसँगै राखेको प्रहरी प्रमुख डिएपी सुशिलसिह राठौरले जानकारी दिनुभयो । ‘आफन्त र अन्य पक्षलाई भोलि बोलाएको छुँ ।’ उहाँले भन्नुभयो ।
महताको हत्या व्यापारिक प्रतिशोधका कारण भएको हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ । ‘महतासँगै रहेका धामीको पनि हत्या गरिएको र हत्याको आरोप धामीमाथि परोस् भन्ने सुनियोजित उद्देश्य अनुसार धामीको शवलाई गायब गरिएको हुन सक्छ ।’ नाम सार्वजनिक नगर्ने सर्तमा उनका आफन्तले भने । सुनियोजित रुपले बर्बर हत्या गर्ने जोसुकै भएपनि उसलाई हदैसम्मको कारवाही हुनु पर्ने उहाँले भन्नुभयो ।
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला