सुदुरपश्चिम सेवा समाज युएईले पहिरो पीडितलाई राहत बाँड्यो
असार, २६, दार्चुला
असार १६ गते राती आएको पहिरोमा परि ज्यान गुमाएका दार्चुला जिल्लाका पहिरो पीडित तीन परिवारलाई सुदुरपश्चिम सेवा समाज युएईले आज एक औपचारिक कार्यक्रम गरी राहत वितरण गरेको छ । जिल्ला दैवि प्रकोप उद्धार समितिको राहोबरमा जिल्ला रेडक्रस सोसाईटी मार्फत पीडित प्रतिपरिवारलाई नगद ३० हजार रुपैँया आर्थिक सहयोग गरेको हो ।
सुदुरपश्चिम सेवा समाज युएइका उपाध्यक्ष जयराज जोशीको पहलमा संकलन गरिएको उक्त रकम आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
पीडित अपि १७ का प्रेमसिह महर र मालिकार्जुन गाविसका मृतक बसन्ती धामी र सर्मोली गाविसका मृतक चन्द्रदेब पन्तका आफन्तले राहत बुझेका हुन् ।
राहत पाएपछि पीडितहरुले सुदुरपश्चिम सेवा समाज युएईलाई धन्यबाद दिएका छन् । साथै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले विपदको बेला मानवीयता देखाएर सहोग गरेकोमा समाजलाई धन्यबाद दिएको छ ।
समाजले यो भन्दा पहिले २०७० सालको बाढीका बेला १ लाख ८६ हजार तथा २०७२ सालको महाभुकम्पको बेला ५ लाख ५२ हजार रुपैँया आर्थिक सहयोग गरेको समाजका उपाध्यक्ष जयराज जोशीले जानकारी दिनुभयो । पत्रकार नरेन्द्रसिह कार्कीले सञ्चालन गरेको राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, नेपाल रेडक्रस सोसाईटीका सभापती गोपालसिह महर र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला