तीन किलोग्राम अबैध यार्शागुम्बामा संरक्षण क्षेत्रकै व्यवस्थापन परिषदका अध्यक्ष ह्याँकीको संलग्नता
असार, २६, दार्चुला
भारतको जुमाबाट नेपाल ल्याउन लागेको झण्डै ६० लाख बराबरको तीन किलोग्राम अबैध यार्शागुम्बा सहित प्रहरीले दुईजनालाई सार्वजनिक गरेको छ । असार २५ गते बेलुकी साढे ४ बजेतीर भारतको जुमा भन्ने स्थानबाट लुकाई छिपाई तुइन तारेर नेपाल ल्याउँदै गर्दा हुती इलाका प्रहरी चौकीबाट गएको प्रहरी गस्तीले हुती गाविस वडा नम्बर ४ बसेडीबाट दुईजनालाई पक्राउ गरेको हो ।
आईतबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी अबैध यार्शागुम्बा सहीत धारी गाविस वडा नम्बर ३ बस्ने ३५ बर्षका नरेन्द्रसिह धामी र हिकिला गाविस वडा नम्बर २ बस्ने ३० बर्षका नन्दनसिह बडाललाई सार्वजनिक गरेको हो । प्रहरीसँगको बयानमा उनीहरुले भारतबाट यार्शा गुम्बा लिएको बताएका छन् ।
उनीहरुको साथमा अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष चक्रसिह ह्याँकीको नाममा रहेको संकलन पुर्जी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी शुसिलसिह राठौरले जानकारी दिनुभयो ।
उक्त यार्शागुम्बालाई प्रहरीले अपिनाम्पा संरक्षण क्षेत्रको जिम्मा लगाउने छ । अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी पेम्बा शेर्पाका अनुसार यस्तो कसुर प्रमाणित भएमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाही गरिने कानुनी व्यवस्था रहेको बताए ।
दोषिलाई बढीमा १ बर्ष कैद र १० हजार रुपैँयासम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ । प्रहरीले अपिनाम्पा संरक्षण क्षेत्रलाई उक्त मुद्दा हस्तान्तरण गरेपछि अनुसान्धान प्रक्रिया थालीने सहायक संरक्षण अधिकृत शेर्पाले जानकारी दिनुभयो ।
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला