खोलामा पुल नहुदा दुहुँ क्षेत्रका स्थानिय जोखिमपुर्ण यात्रा गर्दै ।।
स्थानीय खोलामा पुल नहुँदा दुहु क्षेत्रका सुनसेरा तथा राप्ला गाविसका स्थानियहरुका अझै जोखिम पुर्ण तुइनको यात्रा गरीरहेका छन् । सुनसेराको वडा नं. १ र ९ वडा जोड्ने काठेपुल नदीले बगाउदा त्यस क्षेत्रका स्थानियहरु तुइन तर्न बाध्य भएका छन् । उक्त खोलामा फुल नहुदा खासगरी विद्यार्थीहरु बढी प्रभावित भएका छन् । प्रधानमन्त्री केपी ओलीे नेतृत्वको सरकारले तुइन मुक्त क्षेत्र बनाउने योजना देखेर हर्षित भएका दुहु क्षेत्रका स्थानियहरु सरकारले काम गर्न नपाउदै विगठनको खबरले चिन्तित बनेका छन् । त्यस्तै सुनसेरा–राप्ला घोडेटो बाटोमाथिबाट पहिरो खसेर झन् जोखिम बनेको स्थानिय डम्बर बुढाथोकीको भनाई रहेको छ ।
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला