Breaking News

लिपुलेकबारे माननीय रामशरण महतलाई खुल्लापत्र

Krishna Mahara
आदरणीय 
रामहरण महत
नमस्कार तथा अभिवादन ।

सुदूर नेपालको दार्चुलास्थित लिपुलेकको छेउमा जन्मिएर काठमाडौँको कोलाहल सहरमा बाँच्नकै लागि जीवन सङ्घर्ष गरिरहेको म एक नेपाली नागरिकले तपाईंजस्तो सुकिलो–मुकिलो, चिल्लो गाडी चढ्ने व्यक्तिलाई पत्र लेख्नुको खास कारण त केही थिएन तर जबजब तपाईजस्ता कयौँ नेताहरुले देशको सीमा, राष्ट्रियता र सार्वभौमसत्तामाथि गैरजिम्मेवार र हलुका ढङ्गले टिप्पणी गर्नुहुन्छ तब लाग्छ, के नेता भइसकेपछि देश दुख्दैन रु अनि लेखिन्छन् यी र यस्तै अनगिन्ती खुलापत्रहरु । अझ जब पटक–पटक सत्तामा बसिसकेकाकै मुखबाट लिपुुलेक र कालापानीमाथि मजाक गरिन्छ तब आफ्नै देशका नेता सम्झेर छातीका रौँहरु ठाडा हुन्छन् र खुलापत्रका शब्दवाणहरुले सङ्गीन प्रहार गर्न मन लाग्छ ।

व्यवस्थापिका संसदमा प्रधानमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बोल्दै गर्दा तपाईंले लिपुलेकको कुरा आफूले भारत गएर कुटनीतिक ढङ्गले उठाएको सगर्व उद्घोष गर्नुभयो । अविश्वासको प्रस्तावमाथिको उक्त छलफलको प्रत्यक्ष प्रसारण हेरिरहेको म त्यतिबेला झस्किएँ, जतिबेला तपाईंले लिपुलेकबारे भारतमै कूटनीतिक तबरमा उठाएको दाबी गर्नुुभयो ।

आदरणीय रामशरण महत,

यहाँनेर म यहाँकै सम्बोधन जस्ताको त्यस्तै उद्दरण गर्न चाहन्छु,

‘कतियय संवेदनशील कुराहरु हुन सक्छन्, जो कूटनीतिक तहमा गरिन्छ । यहाँ लिपुलेकको कुरा आयो । चीन र भारतका बीचमा सम्झौता भएपछि प्रधानमन्त्री सुशील कोइरालाजीको आदेशमा मैले दिल्लीमा गएर कुरा गरेको छु । लिपुलेकमा हाम्रो पनि दाबी छ, त्यो ट्राइल्याटरल जङ्सन हो भनेर । त्यसै बखत प्रधानमन्त्री सुशील कोइरालाले मोदीजीसँग कुरा गर्नुभएको छ, लिपुलेकमा हाम्रो पनि दाबी छ, दुई देशको मात्रै त्यो कुरा होइन भनेर । यस बारेमा वर्तमान सरकारले के ग¥यो रु कसैलाई पनि थाहा छैन । हामीले कतिपय यस्ता संवेदनशील कुराहरु कूटनीतिक तहमा गरेका छौँ । कुनै कुरा संवेदनशील हुन्छन्, कूटनीतिक तहमा गरिन्छ, सडकमा आएर भाषण गरिँदैन, त्यसप्रति संवेदनशील हुनुपर्छ ।’

अब यहाँलाई मेरो पहिलो प्रश्न

कतिपय कुराहरु संवेदनशील हुन्छन् भन्नुको मतलब देशको सीमाना मिचिँदा पनि चुपचाप सरकारमा बस्नुपर्छ । सत्ता टिकाइ रहनुपर्छ र केही बोल्नै हुँदैन भन्न खोज्नुभएको हो रु यदि हो भने अब तपाईंको पार्टीले काङ्ग्रेसको अगाडि नेपाली लेखिएको शब्द सदाका लागि हटाइदिए भयो । बेकारमा किन झुण्ड्याइराख्नु रु

दोस्रो प्रश्न
प्रधानमन्त्री सुशील कोइरालाको आदेशमा मैले दिल्लीमा गएर कुरा गरेको छु भन्नुभएको छ । तपाईंले लिपुलेक बारे सदन समक्ष सरासर झुट बोल्नुभएको छ । नेपाली जनतालाई तपाईं भारत भ्रमणमा गई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई असार १०, २०७२ मा नेपालले गर्न लागेको दाता सम्मेलनको निम्तो हस्तान्तरण गरेको कुरा मात्रै थाहा छ ।

अझ प्रष्ट रुपमा भन्नुपर्दा अर्थ मन्त्रालय स्रोतलाई उद्धृत गर्दै राष्ट्रि पत्रिका ‘दि काठमान्डु पोस्ट’मा जेठ २७, २०७२ मा तपाईंको भारत भ्रमणको विषयवस्तुबारे प्रकाशित समाचार अनुसार अघिल्लो वर्ष मोदी भ्रमणका बेला नेपाललाई भएको सहयोग सदुरुपयोग तथा कार्यान्वयन विषयमा द्विपक्षीय छलफल गर्न, भारतमा बस्ने नेपालीको बैङ्क खाता खोल्ने, ५०० तथा १००० भारतीय नोट डिनोमिनेसन, नेपालमा भारतीय लगानीको विस्तार तथा द्विदेशीय व्यापार विस्तारका विषयमा छलफल गर्ने रहेका छन् । त्यस्तै जेठ २९, २०७२ मा तपार्इंले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा हुन गइरहेको दाता सम्मेलनको निम्तो हस्तान्तरण गर्नुभएको समाचार तस्बिरसहित भारतीय तथा नेपाली सञ्चारमाध्यममा आएका थिए । तपाईंले कुटनीतिक तहमा उठाउनुभएको लिपुलेक सम्झौताको विषय या त सञ्चार माध्यमले स्थान दिएनन् या यहाँले कुनै बन्द कोठामा कानेखुसी गरेको हुनुपर्छ । कुरा प्रष्ट छ । लिपुलेक सम्झौताको विषय यहाँले उठाउनु नै भएन या त बन्द कोठामा कानेखुसी मात्रै गर्नुभयो । त्यसैले अब यहाँले यी दुईवटा तथ्यहरु स्वीकार्नुपर्छ ।

तेस्रो तर गम्भिर प्रश्न
यहाँले दिल्लीस्थित साउथ ब्लकमा ‘लिपुलेकमा हाम्रो पनि दाबी छ । त्यो ट्राइल्याटरल जंसन हो’ भन्नुभएछ ।

पश्चिम नेपालको लिपुलेक नेपाल, भारत र चीनको ट्राइल्याटरल जंसन ९त्रिदेशीय विन्दु० हो भनेर कसले भन्यो माननीय रामशरण महतज्यू रु

सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पूर्व प्रशासक द्वारिकानाथ ढुङ्गेल, वरिष्ठ पत्रकार भैरव रिसाल, जलस्रोतका जानकार रतन भण्डारी, दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद गणेशसिंह ठगुन्ना, एमाले नेता वीरबहादुर ठगुन्नालगायतले पश्चिम नेपालको दार्चुलास्थित लिपुलेक नाका नेपाली भूमि हो । नेपाल, भारत र चीन बीचको त्रिदेशीय विन्दु त्यसभन्दा करिब ५० किमि पश्चिममा रहेको लिम्फियाधुरा हो भन्ने कुरा बारम्बार सञ्चारमाध्यम, पुस्तक तथा आफ्ना विचारमार्फत पर्याप्त तथ्य र प्रमाण दिइसकेका छन् । विदेशी विद्यालयबाट शिक्षित र दीक्षित हुनुभएकाले नेपाली भूमिलाई त्रिदेशीय विन्दु भन्न खोज्नुभएको हो रु हो भने खबरदार, एक दिन सत्यको विजय हुने नै छ । आफ्नो भूमिमाथि गरिएको सम्झौता खारेजीको माग गर्नुको सट्टा त्रिदेशीय विन्दु हो भन्दै वैदेशिक हस्तक्षेपलाई संरक्षण गर्ने राष्ट्रघाती नाङ्गिने नै छन् । लिपुलेक कसैको सत्ता टिकाउने अस्त्र वा भ¥याङ होइन यो वीर नेपाली जन्मिएको पुण्य भूमि हो । तपाईंहरुलाई राजधानीको वातानुकुलित महल जति प्यारो छ, लिपुलेक हामीलाई त्योभन्दा बढी प्यारो छ । देश चलाउने नेताहरुको यस्तै गैरजिम्मेवारीले गर्दा नेपाली आमाको छाती कालापानीमा वर्षौंदेखि भारतीय सेनाले बुट बजार्दैछ ।

सम्मानित संसदसमक्ष यहाँले यो सरकारले लिपुलेकको विषयमा के ग¥यो भन्दै कडा प्रश्न गर्नुभयो । भखर्र ढालिएको सरकारले यस विषयमा के ग¥यो त्यो उसैले जवाफ देला तर कालापानी लिपुलेकका विषयमा कुरा उठाउँदा भारत रिसाउँछ भन्दै भारतीय हस्तक्षेपलाई हाकाहाकी स्वीकारेको तपाईं सम्मिलित सरकारले होइन रु

लिपुलेकबारे भारतसँग त्यो पनि भारतमै गएर उक्त क्षेत्र नेपाली भूमि भएको र भारतले चीनसँग गरेको लिपुलेक सम्झौता खारेज गर्न माग कुनै पनि नेताले राख्न नसकेको कुरा जगजाहेर छ । यसरी जनतालाई दिउँसै ढाँट्ने रु जनतालाई सधैँ ढाँटेर कहिलेसम्म चल्छ यहाँहरुको राजनीति रु लिपुलेकबारे भारत वा चीनसँग नेपालको कुन नेताले के बोले वा के गरे भन्ने कुराको हिसाबकिताब जनताले राखेका छन् ।

ठीक छ, हिजो तपाई यो देशको मन्त्री हुँदा लिपुलेक सम्झौताको बारेमा कूटनीतिक तहमा भारतसँग कुरा उठाउनुभएको रहेछ । सायद सरकार अलि दिन टिकेको भए यो सम्झौता नै खारेज गर्न भारतलाई आग्रह गर्नुहुन्थ्यो होला तर सरकार परिवर्तनका कारण भ्याउनुभएन होला । अब फेरि यहाँहरु नै सरकारमा आउन लाग्नुभएको छ ।
लिपुलेकबारे नेपाली जनताको तर्फबाट पहिलो चुनौती पेश गर्न चाहन्छु,

‘अब बन्ने काङ्ग्रेस–माओवादी केन्द्रको सरकारले व्यापारिक मार्गको रुपमा विस्तार गर्ने गरी भारत–चीनबीच सम्पन्न लिपुलेक सम्झौता खारेज गर्न माग गर्ने आँट छ रु सदनमा तीन करोड नेपाली जनताका प्रतिनिधि सांसदहरुलाई साक्षी राख्दै बोलेका कुरा सत्य हो भने खारेज गराउनुहोस् तर नबिर्सनुहोला, लिपुलेक त्रिदेशीय विन्दु होइन, नेपाली भूमि हो । गरिमामय संसदमा नेपाली भूमिलाई त्रिदेशीय विन्दु भनिएकोमा मेरो आपत्ति छ, चाहे कुनै माननीयले नियमापत्ति जनाऊन् या नजनाऊन् ।

धन्यवाद
गरमोरा, दार्चुला

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला