Breaking News

पहिलो हाइड्रोलिक र्याम्पपम्प सञ्चालनमा

दार्चुलामै पहिलो पटक हाइ«ोलिक र्याम्पपम्प सञ्चालनमा आएको छ । जिल्ला विकास समिति ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा पिपलचौरी गाविको वडा नम्बर ३ विजयपुरमा उक्त पम्प सञ्चालनमा आएको छ ।


बिना कुनै बाह्य शक्ति पानीलाई माथि उकास्ने प्रविधि (हाइड्रोलिक र्याम्पपम्प) बाट पानी तानेर पिपलचौरी गाविस वडा नम्बर ३ का ७ परिवारका लागि खानेपानी उपलब्ध गराइएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका वरिष्ठ प्राविधिक सल्लाहाकार राजेन्द्रप्रशाद भट्टले जानकारी दिनुभयो ।


खानेपानी तथा सरसफाइका क्षेत्रमा पिपलचौरीमा बिगत दुई वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै गरेको परियोजनाले ३ लाख रुपैयाँको लागतमा पानीको मूलबाट ५४ मिटर उचाइमा पानी चढाएर विजयपुरका ७ परिवारलाई खानेपानी उपलब्ध गराएको हो ।


उक्त गाउँको तल रहेको पानीको मुहानामा सुन्य दशमलब ७ लिटर प्रतिसेकेण्ड पानीको मात्रा रहेको छ भने उक्त प्रविधिबाट १० प्रतिशत पानी ५४ मिटर उचाईमा पुग्ने प्राविधिक सल्लाहाकार भट्टले जानकारी दिनुभयो ।

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला