Breaking News

समी

BSC. तेस्रो बर्षमा अध्यन गर्थे,रुम मा प्रायस् एक्लै बस्न रुचाउथे, यानकी रुम पार्टनर थिएन कलेज का दिन हरु जिन्दगीको अति महत्वपुर्ण नै हुदाहुन ,पढाइ ,साथिहरुको बर्थडेपाटीहरु, बर्षमा एकचोटी पास भएको पाटी,अनि बिशेष दिनहरुमा मोजमस्ती गरेपनि पढाइप्रती पनि सबै महत्वआकांक्षानै राख्थे ,मामिला केवल पढ्नुकोहोस या कुनै केटी पटाउन होस जेहोस सबैमा कम्पिटीसन को भावना उजागर भएकै हुन्थ्यो, हाम्रो बेचमा करिब पैतालिस जना स्टुडेन्टस हरु थिए, ति मध्ये आधा भन्दा बढित केटीहरुनै थिए,साथिहरु बिशेष सबैले गर्लफेर्ड बनाएकै थिए कुनै बेचमा केवल चारपाच जना मात्रै भेकेन्ट हुन्थे तिनी हरु मध्येको एक म थिए हाम्रो बेचमा,

आइ।एस।सी गर्दा सम्म कोही थिए पनि तर अचेल सबैले जिन्दगी स्वइच्क्षाले चलाउन खोजे यानकी मेरो प्रेमको पहुच त्यती धेरै हुनसकेन जती उस्का लागि हुनुपर्थ्यो,एकदम तन्नेरि रातहरु केही सपनाका प्रतिबिम्बहरु मा रुम्मलाएर बिताउथे,साँझ छ बजे कोठा बाटबाहिर निश्कन्थे यो तेस्रो बर्ष थियो मैले रुम दुइचोटी चेन्जगरेको थिए सडक कीनारकै घरमा योपालि सरेको थिए, साझ लगभग रातपरिसकेपछि बाहिर जादा हरेक दीन एउटा केटी मेरो बिपरीत बाटोमा जान्थिन स्टेसनरी पसल नजिक छ बजे उस्लाइ म देख्थे, सडक गल्लि लगभग सुनसान भैसकेको हुन्थ्यो तर केवल पसलहरु अगाडिका सियाफेलहरुले औसीका रातहरुलाइ पनि पुर्णिमाकै स्पन्दन गराएको हुन्थ्यो उ हरेक दिन त्यहि गल्ली र त्यहि स्टेसनरि पसलअगाडी बाट प्याटप्याट अवाजनिकीलेर आफ्ना पाइलाहरु स्वतन्त्र रुपले चलाइ राख्थिन, तर उ हप्तामा एक साझ भने त्यो ग्ल्लिमा भेटिन्नथी, म लाइ उस्को रुम र जाने स्थान था भइदिएको भए एकिन गरेर बताउन सक्थे की उस्को आउने ,जाने र पुग्ने टाइम प्रत्येक रात्रिकालिन सुरुवातहरुमा मेरो भेट उ संग हुनथालेको थियो,सायद उ हरेक साझ नुहाएर आउदी हो जब म उस्को छेउबाट आफ्नो पाइलाहरुलाइ बिस्तार बिस्तारै उचाल्नथाल्थे उस्को कपाल बाट अनि शरिरबाट निश्केने सेम्प ,परफ्युम अनि के के के थरिथरिका बासनाहरु मेरो नाकले उडाउन नखोज्दा नखोज्दै एकचोटी प्रवेस अनि विलीन भइदिन्थे हरेक साझ उ भिन्नै ड्रेसहरुमा मेरो आँखाहरु को आगनिबाट बिस्तारै डिलमा पुगेर ओर्लिन्थीन र हराउथिन उस्को शारिरीक वनावट ,हिडाइ,ड्रेसींग,मेकअप नत ओभर लाग्थ्यो नत कम उ हरेक रात्रिकालीन प्रहारहरुमा मेरो अगाडि उपस्थित हुने परि जस्तै थिइ।
त्यो अपरीचीत मान्छे संगको समयोगात्मक भेट मा पनि म उप्रती अली नज्कीन चाहन्थे पक्कै उ भीत्र केही बिशेष आकृष्णात्मक छबि हुदोहो ,या मेरो मन मष्तिष्कमा उस्कालागी भिन्नैकीसीमका सोचक्त्वहुदोहो, मेरो आन्तरीक भावहरुको अष्पष्ट बिचारात्मक बुझाइहरुको निश्कर्ष पक्कैपनि यो थिसो की म उसंग नजिक हुन चाहन्छु, अँह त्यो कुरा बेलकुल असम्भव थियो बाटोमा भेटभइरहने ब्यक्तीहरु संग मैले नजिकहुन खोज्ने हो भने, एकैसीटमा तिन गिनको यात्रा गरेकी ती अपरीचीत केटी संग किन मैले नजिकहुन चाहेको थिएन, कलेजका साथिहरु को प्रेम प्रस्ताव नै अस्विकार गरेको थिए, यद्दपी तिनीहरु सुन्दरनहुदा हुन त फरक कुरा तर तिनीहरि पनि त उत्तीकै सुन्दर थिए, म भन्न सक्थे कि यो कुनै फरक कीसीमको सम्बन्धको बिचारउत्पन्न थियो मेरो मानसपटल मा
सनिबारको दिन ठिक त्यहि समय म निश्केको थिए कोठाबाट तर अपसोच उ भेटिइन्न त्योदिन मलाइ यो साझ कुनै संगीत बिनाको रंगमंचको सुरुवात जस्तै लाग्यो केही कुरे त्यहि उभिएर मोबाइलमा औलाहरु थिचेजस्तो गरी तर अँह उ आइन्न त्यसै उराठता लागेर आयो, अरु केहि थिएन बस यति की आज उ संग बोल्ने साहस जुटाएको थिए नचाहेरै लथालिंग पारिदिए ती साहसहरुलाइ मन बेचैन गरायो आजको यो साझले
एउटा साउत इन्डियन मोभी हेर्छु भनेर सोचे,पहिला धेरै हेर्थे तर हलिउड अचेल भने प्रेम कहानि बिशेष भएका मोभी हरु हेर्न मन लाग्थ्यो हुनैनाथ मोबाइल डाउनलोडींग सेन्टर टप यलभ म्युज्युक सेन्टर ,पसलवाला दाइ चिनेकै मान्छे थियो कहिले बिना पैसा डाउनलोड गरिदीन्थे, काउन्टरमा प्रायस् भिड नै हुन्थ्यो त्यो पनि साझको बेला झनै भिड थियो ,दाइ अबेर हुन्छ कुनै नया साउथ मोभी हालिदीनुन मैले मुख र आँखाको चालले भने, मोबाइल दिए साइडमा उभिए , लाउड स्पिकरमा गित बजिरहेको थियो ,जगघुमे आथार जैसा नाकोही, सुल्तान फिल्मको नबुझे पनि एकदम राम्रो लाग्थ्यो भाइ ल भयो करिब पाँच मिनेट पछि उस्ले म तिर हेर्दै भन्यो, पैसा दिन खोजे ,पर्दैन उस्ले भन्यो
मोबाइल गोजीमा हाले र सिधै रुम तिर हुत्तिए, मौसम प्रतिकुल जस्तै थियो आकास तिर बादलका काला पहाडहरु बाट भाग्न खोज्दा खोज्दै चन्द्रमा कहिले बिलीन कहिले देखा पर्दै थियो, कोठामा पुगेको केहीबेर पछि
मोबाइलमा घन्टी बज्यो घन्टी मैले राख्नेगरेको भन्दा फरक थियो कसरि रिंग चेन्ज भएछ अलमलमा परे एकछिन नम्बरहेरे नया नम्बर थियो,
को बोल्दै हुनुहुन्छ।।रुरु
हतपताएझै नारि कण्ठको एकदम मननिय ध्वनि थियो थियो,
।म मौसम अनि तपाइ
सरि है ,काँ हुनु हुन्छ ।।रु
तपाइ को हो मैले चिनीन नि।
अनि केका लागी सरि।।रुरु
किन थाहा पाउनु भएन जस्तो गर्दै हुनुहुन्छ,
हत्तेरि लौ फसादमा परे, को होला यो यत्ति बेला फोन गरेर उल्टै मलाइ के भन्न खोजेकी होलीन,
हेर्नुस तपाइ अन्त कतै गर्न खोज्नु भ को होला,
किन मेरो फोन कसरि अर्काको हुनसक्छ र साटियो भन्दैमा, अलि उन्मादको थियो यो अवाज कतै पिरोलीए जस्तै लाग्थ्यो सायद उ अप्रिय भएर बोलेकी हुदीहो,
हत्तपत्त मोबाइल हेरे ।
बल्ल थाहा पाए रिंग चेन्ज हुनुको कारण,
ए सरि है मलाइ अहिले सम्म मात्र थाहा थिएन, यो कसरि भयो।रुरु
उ अलि स्तब्द भएर बोलीन,
डाउनलोड सेन्टरमा तपाइको फोन पनि दिनु भा रैछ, मैले हतारमा मेरै सोचेर टिपेर ल्याइ दिए,
Samsung galaxy j5 को मोबाइल बजारमा नंया थियो मैले पनि एक हप्ता अघि मात्रै किनेको थिए,
अब के गर्ने कसरि मोबाइल बुझाउने, त्यहि जानु को बिकल्प शिवाय अरु केही थिएन,
बाहिर पानि परिसकेको रहेछ,
संम्वाद जारि नै थियो ।
पानि परिसकेछ बिहान मोबाइल लिएर त्यहि पसलमा आउनु ठिक सात बजे,
हस हुन्छ , मैले भने
अँ तपाइको पासवर्ड के हो, अब मोबाइल त आवश्यक परिहाल्यो नि उस्ले निसंकुचित भावमा भनि,
त्यस्तो खास केहि थिएन, त्यही पनि मोबाइलको रिती पुर्याउन सम्म पासवर्ड राखेको थिए,
मै ले भने
nothing 
के भन्नु भ को, उस्ले बुझीनछीन,
पासवर्ड
Nothing
ए,
nepaligirl
िमेरो पासवर्ड ।
बाइ गुड नाइट।
टु यु।
जिन्दगीमा पहिलो चोटी कुनै अपरिचीत केटी को मोबाइल १२ घण्टा सम्म चलाउन हातमा पर्यो हाने पासवर्ड
मोबाइल अनलक्ड ,यानकी मोबाइल खुल्यो सोझै।
ग्यालरीको छातीमा टच गरे फेरि
फोटो हरु देखीए,
अलमल भन्दा पनि धेरै अचम्म भै दियो।त्यो उहिँ केटीको जो सधै मेरो बाटोको किनार बाट एकोहोरो तालमा प्याटप्याट गर्दै मलाइ शिथील पारेर गइराख्थिन, पक्कै उस्लेपनि मलाइ चिनीसकेको हुनु पर्छ ,यदि उस्ले कहिले मलाइ हेर्न चाहेको थियो भने,
केटी को मोबाइल हातमा पर्यो भन्दैमा मौका को फाइदा उठाउन चाहेन ,फेसबुक,टुइटर,इमो,मेसेन्जर,इन्टरनेटका सबै एप हरु युजमा थिए, मै ले चलाउन चाहेन,
बिहान सात बजे, होस हराएछ।
मेरो त छ बजे देखी क्लास सुरु हुन्थ्यो त्योपनि भोलि आइत बार, फोन गर्नु पर्यो
बिहान भेट्न सकिदैन भनेर , भित्ताको घडीले लर्याक लर्याक गर्दै ढस्द्धण् को संकेत दिदैथियो,
फोन गरे मेरै नम्बरमा अर्कै मान्छे लाइ,
त्यो पनि केटी, उफ
मज्जाको कुरा पनि थियो तर त्यो भन्दा बढि,संयोगको कुरा,।
घन्टी गयो तेस्रो घन्टीमा पु्ग्दा कल रिसीब भयो, ।
हजुर उस्ले फोन उठाउदै भनि,
म बिहान आउन भ्याउदीन होला।रु
किन रु
छ बजे देखी क्लास चल्छ, कसरि हुन्छ फेरी,
भोलि एकदीन छेड्दा हुदैन,रु
उ त यसरि बोल्दै थिए मानौ की उस्को सबथोक मोबाइल नै थियो र पो मलाइ क्लास छोड्न सम्म को कुरा गर्दै थिइ,
जोबो मोबाइल को लागी ,।।रुरु
एक दीन कलेज नै छोडी दिने
यो कसरी सम्भव होला र मेडम।।रु
ओ मिस्टर म मीस मात्रै हो मेडम होइन।।रु
ए ल राम्रै भो। रु
बरु दीउसो बाह्र बजे पछि ।भेट्दा हुन्छ है।।
मै ले भने
ओ हो म तपाइलाइ भेट्न बोलाइ रा को जस्तो लाग्यो र,।
अलि उछृखल बनेर भनिदीए।
नभेटेरै त मोबाइल सम्म साटीयो।
भेटे त झन के के साटीन्छ हो ला।।
उस्ले भनीन
मोबाइल त नजानेरै पो साटीयो।।
था पाएसी त केही साटीन्न म बाट।
अँ मेरो पनि दिउसो बाह्र बजे टाइम हुदैन है।
किन
ओफीस टाइममा कसरी आउन सक्छु,
तपाइ कलेज त छोड्न सक्नु हुन्न,
त्यसो भए सांझ पाँच बजे कफी सोप मा भेटै न त।रु
तपाइ को हो र मेरो खुरुक्क आएर त्यही पसल मा मोबाइल राखेर जानु, म पनि राखीदीउला ,पछि लगेर जानु
राखीन भने के गर्छौरु
नचाहै दै खुस्कीएछ तिमी,
तपाइ बाट खोसेर लान्छु।रु
देखेको छौरु
किन नदेख्नु,
काँ देख्नुभो।
ग्यालरी मा हास्दै भनिन,
न उ कुरा टुग्याउन चाहदैथिइ,
म पनि त कीन, उस्को त म नाम सोध्न खोज्थे तर अब पहिचाननै था भैसकेको थियो।
दास्रो दीन साझ पाच बजे, उसैले भनेअनुसारको कफी सपमा गए,
उस्लाइ न देखेको थिइन तर कता कता त्यो भेट भन्दा पनि अहिले बेलकुल भिन्नै महसुस हुदै थियो, पांच बजीसकेर दस मिनट पनि गुज्रियो उ आइन कतै झुत्काएर फेरी मोबाइल पसलमै राखेर जाउ त भन्ने है न, वरीपरीका टेवल हरुमा बिशेष जोडी हरुनै बसेका देखीन्थे,
फिक्का रातो टिसर्ट र हरियो पाइन्ट लगाएको एउटा केटी म तिरै आइरहेकी थिए, उस्ले हाइ भनि तर हात भने मिलाएन
मेरो देह्रेतिर को चियर मा बसी,
हत्तेरि अगाडि बसेको भएपनि त हुने नी कीन त्यही बस्नु परेको होला,
मनमनै सोचे ,
उ अलि मुस्कानका साथ बोली,
राइटर मौसम महोदय,
तपाइनै हो,।
लौ उस्ले त मेरो सबै कुरा थाहा पाएछ,
को राइटर।।
मै ले केही लुकाएझै गरेरभने।
इमेल , जीमेल बाट सीन्ड गरेका कथाहरु एकदम मन पर्यो।रु
यि केटीहरु जे मनमा आयो त्यही गरिदीन्छन,उस्ले त मेरो सबथोक चलाएछ, त्यस्तो खासकेही थिएन तर पनि यसरि किन चलाउनु परेको होला,
मै ले भने,
ल मैले भने तपाइको के ही पनि चलाएको छैन है रु
चलाए पनि केही फरक पर्दैन,
उस्ले गालामा केही मुस्कानका फक्लेटाहरु फुलाउदै भनिन,
तपाइको नाम,रु
सुमी खड्का , छिट्टै बोलिन
के गर्नुहुन्छ ।रु
हस्पीटलमा
कफीको स्वाद मा उस्को सौन्दर्यता अनि आखा हरु को नसा मिसाएर पिए जस्तै भै रहेको थियो।
घर बुटवलमा रहेछ,
ल अब जानुपर्छ मैले
म पनि त याँ बस्ने हैननी,
कुनै बिशेष कुराहरु भएनन, त्यतिकै करिब पन्ध्र मिनेट को बसाइ पछि फर्कियौ हामि त्याहाँ बाट,
त्यो दीन बाट सुरु भए मेरो जिन्दगीमा कुनै नयाँ किसीमका आनन्दहरु, खुसीमय अनुभवहरु ,कलेज त्यति कन्सनट्रेसन नभएको हुदैनथ्यो तर त्यो दिन देखी झन गर्न थाले,समी अब म उसै संग जिन्दगीका यावत कुराहरुको साटासाट गर्ने छु, उ स्का स्टापहरु हुन्थे तर मेरा साथि हरु र पनि उ कुनै आपत्तिबीना म संग ति सम्पुर्ण परिबेश हरुमा घुलमील भइदिन्थीन,
गोधुलिमा सुर्य आफु पृथिबाट छुट्टीने क्रममा रातो बनेर बिलाइ सक्थ्यो, कति निरास हुदोहो सुर्य अनि यो पृथ्बी तर म भने त्यहि बिछोड को आसामय साझ हरु मा समी संग भेट्ने गर्थे, सुमी जिन्दगी साच्चै स्वार्थी छ है, जब केही खुसीमिल्ने
चिज हरु पाइयो भने सधै आफै संग राख्न मन लागीरहन्छ, मै ले सुमीलाइ केन्द्रित गर्न खोजेर भनेको थिए,
मलाइ त त्यो कुनै स्वार्थ लाग्दैन मान्छेले आफ्नो खुसीका लागी गर्ने सबै कुराहरु लाइ स्वार्थनै ठान्ने हो भने,यो संसारमा कुन मान्छे स्वार्थि नहोलार यहाँ सम्मकी भगवान पनि,
चित्त बुझ्दो थियो उस्को जवाफ तर पनि चित्त बुझाएन र भने,
तर मान्छे आफ्नै खुसीका लागि त गर्छनि सबैकुराहरु चाहे त्यो गोप्य रुपमा गरोस या दुनियामा,
ति हामी भित्रका कुनै आशंकीत छालहरुमात्रै हुन , स्वार्थ त त्योहो जुन कुनै बिश्वासको बिपरीत अडेस बनेर आफ्नो खुसीहरु जफत गर्न खोज्छ,राज जमाउन चाहन्छ आफ्नै हितका लागी,
जिन्दगी त एउटा शिर्षबिन्दु सम्म पुग्नकालागी रातदीन बगीरहने नदि जस्तैहो तर त्यस्ले जानेबाटोहरु ओरालो हुनुमा त्यस्को कुनै स्वार्थ हुदैन ति बीच बाट बगिरहेको निर्दोष पानिका लहराहरुलाइ छाल बनाएर ठोक्नु त्यो कुनै उस्को स्वार्थ हैन होलानि,समय परिस्थिती अनि बाध्यतामा गरिएका बिश्वासहरु का बिपरीत खडाहुने कठोरताहरु लाइ पनि मनन गरेर हेर्ने हो भने त्यो पनि स्वार्थ हुदैन, उस्ले मनका प्यासी भावहरुलाइ तृप्तगराएर भनिन,
समी अनि मेरो यो प्रेम हैन भने अरु के हुनसक्छ म संग नै उ बिशेष कुराहरु को खुसीमनाउन चाहन्छे, बिहान सात बजे देखी मेरो कलेज सुरुहुन्थ्यो उ दस बजेदेखी हस्पिटल गइसक्थि, उस्को र मेरो भेट साझ मा मात्रै सिमीत रहन्थ्यो तर पनि त्यहि परिबेस त्यही समय उचित लाग्थ्यो हाम्रो मन भित्रकाकुराहरु त्यो सान्त साझहरुमा अल्लाहट मय रुपले साटासाट हुन्थे,
यि जिन्दगी का लामा बिश्राम हरु त हिड्दा हिड्दै थाकेर बसेको चौतारि जस्तै हुन,कती भेटीन्छन जाने आउने, ति सबै आफुले चाहे अनुसारको यात्रामा संलग्न नहुन पनित सक्छन गन्तब्य फरक भएका ब्यक्ती हरुसंग बिश्राम केन्द्रमा साटीएका भावहरु मिल्दैमा उतै गन्त्ब्य बनाउन खोज्नु मुर्खता नभएर अरु के होला,
उस्को कुराहरु रहस्यमय र गजबका लाग्थे उ भन्न चाहन्थी की यात्रात एक्लै सुरु हुन्छ र एक्लैले अन्त्य पनि गर्नु पर्छ,बाटोको सबै सहयात्रीहरुको साथ आफ्नै अन्त्यसम्म जुनसुकै कोसीस बाट पनि पुग्दैन यानकी जिन्दगीमा कसैको कमिको महशुस बेलकुल गर्नुहुदैन, तर यो सम्भव हुने भए किन प्रेमको तलाउमा पोडीएका व्यक्तीहरु त्यहि तलाउमा डुबेर मर्थे होला,
सुमी अब तिमी मेरो जीन्दगीबाट
अलग नहुनु मनमनै कामना गरिराख्थे,
साझ छ बजे सुमीले कल गरिन उस्को सीनीयर स्टापको छोरी को बर्तडे पार्टी रहेछ उस्ले मलाइ पनि इन्भाइट गरेछ म पछि लिन आउछु,तिमी आएनौ भने म पनि जादिन, , एक मन ले त बेलकुल जान मनथिएन तर अर्को मनले मान्दैमानेन ,सुमी मेरै रुममा आइपुगीन ओ गड यो सुमी थिइ की अरु पहिचान्नै गार्होथियो
उस्का आखाहरु यति तेजी रुपले मलाइ केन्द्रित गरिरहेका थिए की मानौ कुनै बन्दुकको नाल बाट शिकारलाइ ताकिएको हुदोहो,ओठमा लगाएको गुलाफी रंगको लिपीस्टीक , उस्लेहालेको सेन्ट वासना ले मेरो कोठाभरि मग्नता छायो आजसम्म कुनै वासना नसुगेका मेरो कोठाभित्रका मासुलीहरु समेत भाग्न थाले,उस्का गालाहरु लगातर रस भरिएका कुनै फुलका पुन्जहरु जस्तै थिए, चट्ट शरिरमा मिलाएको पातलो।।।।को बाहीरै बाटै उस्का ती सन्तुलाकार स्तनहरुको आकार स्पष्ट रुपले देखापरेको थियो, उ मुस्कुराइन र कोठा भरि नै चमकता बढ्यो यदि लाइट अफ हुदो हो त र पनि कोठा चम्कदो हो उस्को त्यो मुस्कुराहटले,ूमौसमू आफ्ना ओठहरुलाइ आवश्यक्ता अनुसार खोलेर सेता दातहरुको प्रदर्सन गर्दै मधुरो बोलिमा भनिन,
तिमी यती राम्री पनि रहेछौ है,।
के ही भावुक हासो हास्दै भनिदीए,
उस्ले भनि किन फरक लागेर म तिमीलाइ।
छैन, दुबै हात ले उस्को त्यो कम्मरमा समाएर उस्का त्यी गुलाफी ओठहरुमा मैले मेरो ओठको अनिमीयत दाग लगाएरै छोडे
के ताल हो हाउ, एक्लो केटी मान्छे देखेर हकजमाउन खोजेको,
हास्दै भनिन
मै ले पनि झन उत्तेजीत भएर भनिदीए,
एक्लै होस या नहोस हक त मेरै लाग्छ नि हुदैन को ही अरु पनि छ,
के
एक्कासी झस्कीए म ,ति सब कल्पनाका रंगीन चमकताहरु आफै मधुरा हुदै निभ्न थाले एक एक गरेर
उस्ले फेरी भनि।
अँ महासय आधा त मेरो पनि लाग्छ र हैन।
मन फेरी उ ही रंगीनतामा फर्कियो।
समी यानकी मेरो गर्ल फेर्ड। म समी बोय फेर्न्ड
पार्टीमा उपस्थित सबै हरु संग मेरो परिचय यहि स्थानमा दिइयो, समी आफ्ना साथ्हरु संग गइ, धन्न मेरो कलेजको साथि मनोज पनि पार्टीमा रहेछ र रमाइलो हुनेभयो , उस्ले पनि थाहा पायो कि मेरो ग्रल फ्रेन्ड सुमी भनेर, पाटी सुरु भएपछी सबै ड्रिंक गर्न थाले, मनोज जत्किपीएपनि न अघाउने थियो अरु जे भएपनि यो संग पार्टीहरुमा संगै बस्नुनपरोस यहि सोच्थे तर आज यो न भएको भएपनि रमाइलो न हुने थियो अब भएर पनि झन तिन दीन सम्म टाउको दुख्ने, शरिरमै मुत्ने बनाएरै छोड्छ
सुरु हुन थाल्यो उस्को ट्यांकी भर्ने योजना, यो रक्सी भन्ने चिज त छु दै दुइ को चार ,चार को आठ देखीने बनाइ दिन्छ मलाइ, दुइटा वियर त पिए को थिए सालेल भोट्का बोतलनै सक्ने स्थितीमा पुग्यो, सकेकै बेस मनमनै सोचे , तर कहाँ म मोबाइल चलाउन के पसेको थिए एक पेक भन्दै गिलासमा हाल्यो, के ही नसोची जिबनजल ठानेर सुरुप्पै पारिदीए,
हा हा त कहिले देखी यसरि पिउन थालिस, ल प छि न भन्ला भनेको त दोस्रो पेक पनि हालिदीयो,
अब म मरीगए पिउदीन कती लाग्छ मलाइ था छ नि,
ल लाज नमान न मेरो अझ मगाउछु म।
ह्या म पिउदीन , त्यसै त मान्छेहरुको मुख सुगुर कोझै लाग्न थालिसकेको थियो,
कर गरेर नमान्ने भएसी भने,
ल यो लास्ट अनि पीउदीन है म,
यो भने अर्को सुरुगर्न थालेछ,म लाइ भने ओभर भइसकेको थियो, अब बमिड नहुने त शंक्कै थिएन,
समी लाइ कल गरे ,समी म रुम जादैछु बाहीर आउत एक छिन,
फोन राखेर खल्तिमा के हालेको थिए, पेट बाट मडारिदै सर्प बाहीर फुत्के झै भै हाल्यो, हार्ड ड्रीक गरेको,मैले त छोएको पनि छैन जस्तो गरेर भनिन, के के गरियो के के म गए बाइ, खुट्टा लर्बराउदै थिए, आखाहरु झ्यामझुम झ्यामझुम गर्दै थिए, फेरी आयो ह्वा।।यस्तो अवश्थामा तिमी काँ रुम जाने ,पुगाएर आउदा मलाइ पनि अप्ठ्यारो हुन्छ यति राती , अनि बिहान आउन पनी त ।।।।
म केही बुझ्दीन भनेर भनेको किन नहोस, समीले यहाँ सम्मकी मेरो रुम मा बस्न पनि न हिचकीचाउने जागर देखाएको थियो, साच्चै समी पनि मलाइ प्रेम गर्छे मेरो जतिकै, अँ नारी जाती प्रेम पुरुष हरुको भन्दा पनि निर्मल हुन्थ्यो नै,
समिको रुममा गए, उस्ले किचन बाट कागती पानि बनाएर ल्याइ, पिए पछि अली आराम भो सर्ट फुकालेर उस्ले भित्तामा टागिदीइन,
पुरुषमय वासना को अनुभव आजसम्म नपाएर हो या मष्तिष्कले जोडीएका सम्बन्ध हरु भन्दा भिन्नै पबित्र मानसपटलका भावहरुको बिचमा हुर्काइएको ब्यक्ती अरु भन्दानि बिशेष ठानीने हुदोहो,सुमी आज पहिलो पटक कुनै पुरुषको अँगालोमा यसरि बाधीइन जुन उस्का मष्तिष्कका आक्रमक झोकहरुले ,ति असह्य यौवनका जोसहरुले नभएर रिदयबाट चाहेको ब्यक्ती भएर हुदोहो,
होस गुमाइसकेका मेरा इन्द्रीय हरु सुमी को कोमल स्पर्षले उत्तेजीत बनेर उस्का ती सज्जन अँगहरुमाथिका शोषक बन्न पुगे,
पुरुष स्पर्षको अभावमा फक्रिरहेका उस्का नितम्बहरुले सायद आज पहिलो पटक कुनै कडा हातहरुबाट मलिन हुनुपरेको थियो, मेरो ओठहरुले उस्को शरिरको कुनाकुनामा स्पर्ष गर्दैथिए ,उस्को अनि मेरो सास एउटैमा मिसीएर अँग अँगमा रगत संगै अक्सीजन बनेर बहन थाल्यो,उ मेरो शरिमा यसरि टासीइ कि मानौ बर्षौ अघि देखीका जोसहरुलाइ आज उस्ले गुमाउन चाहेको हुदोहो, आफ्नो जिन्दगीका सम्पुर्ण थकान हरुलाइ बिसाउने मौका पाएकी हुदीहो,यो हाम्रो कुनै बाह्य शारिरिक्ताको आवश्यक्ता भएपनि तिनीहरु लाइ पहुचसम्म पुर्याउने भने तिनै स्वछ्व अनि ,पबित्र र निर्दोष अन्तरंगका संचालकीय श्रष्ठा हरुनै थिए,
बिहान उ फ्रेस भएर आइसके पछि मलाइ बिउझाइन कलेज जानुपर्छ भने फ्रेसहुनु प्रदैन, साच्चै अरु बिहानी हरु भन्दा केही हैन निश्च्य फरक बिहानि बन्यो त्यो दिनहु जसो निद्राकै आभास गर्ने यि आखाहरु आज स्पष्ट खुलेर समिको मुहारमाथि प्रहार गरिरहेका थिए, प्रेम साच्चै एक बेग्लै चिज छ जस्को संजालमा थुप्रैखुसी हरु जिन्दगीका मिठासताहरु छाइरहेका हुदारहेछन,यिनै सन्तुष्टीहरुको महसुस आज पाइरहेको थिए,समी तिमी अबदेखीका सबै बिहानिहरुमा यसरिनै मेरो स्वागत गरिराख ति जिन्दगीका मिठासताहरुको महशुस गराइ राख, यसरिनै,
यात्राहो जिन्दगी जस्को गन्तब्य थाहा हुन्छ तर स्थान,समय थाहा हुदैन कतीबेला पुगीन्छ र समाप्तीहुन्छ यि तमाम जिवनका भोगाइहरुको,समी जस्लाइ देखेको दिनदेखीनै उस्को आवश्यक्ताको महशुष भइरहेको थियो तर जिन्दगीले कति मोडहरुमा त सोचेअनुरुपकै खुसीहरु भित्र अल्झाएर सन्तुष्टीको चरम भोग गराइ दिदो रहेछ,
मौसम तिमी लाइ के लाग्छ जिन्दगी सधैभरि एउटै चीजको रोचकतामा अल्झीएर आफ्ना सम्पुर्ण चाहैना आवश्यक्ताहरु को धरोहर उसैलाइ मान्नु पर्छ र खुसीहरु जहाजहा छन तिनीहरुको उचित उपयोग गरेर जिन्दगीलाइ रमाइ रमाइ बिताउनु बस यहि हो खासीयत हामिले हरेक पलका उत्पादकीय मानसीक भावहरुलाइ फरक फरक बनाएर योजना बद्दरुपले तिनीहरुको प्रयोग गर्नुपर्छ,
उस्ले भनेका कुराहरु नै त्यस्तै थिए या मेरो सोचाइ फरक थियो तर मैले बुझे सम्मलाइ समी ले भन्न खोजेकी थिइ कि जिन्दगीमा खुसीहरु संग लुकामारी आफैलाइ फाइदाजनक हुन्छ र त्यस्का लागी हरेक पल हरुमा मान्छे परिवर्तन सिल हुनु पर्छ ,
समी त्यसरी त कैयौ मान्छेहरुको जीन्दगीमा घाटै घाटा हुन्छ नि हैन, के तिनीहरुलाइ आफ्नो फाइदाको लागी प्रयोग गराइ राख्नु पर्छ भने त्यो त पक्कै स्वार्थ र अहमताको प्रगडरुप भएन, र
हरेक मान्छेकोे जिउने ढंग र सोचाइ फरक फरक हुन्छ तर ती मान्छेहरुले पनि त त्यसरि जिउन सिक्नु पर्छ की जसबाट कसैलाइ हानि नहोस तर खुसी भने मिलोस चाहे त्यो उस्ले क्षणीक बनाउन खोजोस या सधैभरीको लागी,
समीका कुराहरु बिचित्रका लाग्थे, उ भन्ने गर्थि जीन्दगी बिन्दास रुपले जीउन सिक्नु पर्छ र सधै हास्न अनि रमाउन सक्नु पर्छ,
यहि बस यहि जिन्दगी यदि कुनै पश्चापका पिडाहरुको शरणमा परेर आफुलाइ कमजोर हुनुछैन भने बस, जिन्दगीमा सधै कडा मन ,बनाएर जिउनु पर्छ र बिर्षनु पर्छ ति ्तितका प्डा दायि पलहरुलाइ, एउटा सपना सम्झेर बिहानि मोहकतामा रमाउनु पर्छ जिन्दगीका नयाँ पलहरुमा नयाँ, चाहानाका साथ,
मेरो इक्जाम नजिक आइसकेको थियो दुइ महिना मातत्रै बाकि थियो, पढाइ प्रति बिशेष जागरुप हुनुपर्थ्यो , समि बिशेष मेरो पढाइ प्रति केन्द्रित भएर कुरा गर्थिन, महासय, काल्पनिक भावहरुको सिर्जना भित्र रमाएर कथाकहानि कोर्नु जस्तो हुदैन इक्जाम पेपरमा माइक्रोबायोलोजी उसै पनि हार्ड हुन्छ,
मेरा भावहरु भित्र अचेल कुनै काल्पनिक केटी हुदैनथि, बस समि नै मेरो कल्पना अनि सत्यतामा आउन थालेकी थिइन, मैले कथाहरुको कुनै काल्पनिक केटीको पात्र खोज्नुको जरुरत थिएन, समि नै बन्थि ति अनैकौ प्रेम कहानिहरुकी केटी पात्र तर ति सबै अधुरा हुने गर्थे, कथाको अन्तिम तिर समि र मेरो सम्बन्ध बेलकुल उराठ भैसकेको हुन्थ्यो,
तर यथार्थमा भने समि मेरो जिन्दगी बस, समि समि सबथोक बनिसकेकी थिइ मैले जिबनमा भोगेको सुख सन्तुष्टी हरु भन्दा भिन्नै कसीमका खुसीहरु थिए जुन समि बाट पाइरहेको थिए,
समि धेरै जसो काममा ब्यस्तनै रहने गर्थिन प्राय जसो भेट कम हुन थालेको थियो,
सधै जसो रातिको खाना समिकै रुममा पाक्न थालेको थियो , हरेक रात्रीकालीन प्रहार हरुमा हाम्रो भेटघाट चन्द्रमाको शितल रोसनिहरु बाट सजावट अनगिन्ती ताराहरुको चम्करावट बाट रंगिनमय बनेको ठाँउमा हुनेगर्थ्यो समि, लाइ त्यो खुला आकासको एक किनाराबाट खरबौ ताराहरुको कल्पनापुर संसारमा रमाएको अनुभव गराएर अँगालोमा बेरेर सधै रमाइराख्थे, समि पनि एकदम मोहित बनेर हेरि राख्नेगर्थिन आफ्नो खोटलाइ स्पष्ट देखाएर लगातार नदिमा बगिरहेको सेता थाल जस्तै चन्द्रमा अगाडी बढिरहेको थियो,समि साच्चै जिन्दगी कति रमाइलो छ है,
अँ तिमी हुदा,
उस्ले मेरो मुख तिर तन्किदै भन्यो,
मौसम, यदि हामि टाढियौ भने केगर्छौरुरु
अहिले सम्मका समपुर्ण खुसीहरु बाट बिलीन भएर मृत्युदण्ड को लागी घाटी रसी हालिसकेको अपराधि जस्तै म बेहोस हनुपुगे, केही सम्हालिदै जोश देखाए झै भने,
तिमी , तिमी केगर्छौ निरु
म त बिहे गर्छु, भनेर सोचेको मर्छु होला।।
म पनि,
के,
मर्छु,
समि को साथमा बितिरहेका जिवनका एक एक पलहरु सुखमय थिए, लाग्थ्यो साच्चै जिन्दगी कति रमाइलो रहेछ, हप्तामा कुनै दिन, समि कै रुममा बिताइन्थे, हामि भित्रको उत्तेजनात्मक चाहानाहरु कुनै अबरोध बिनानै आफ्नो चाहत सफल। पारेर मौन रहन्थे समि पनि आफ्ना ज्ञानेन्द्रीयहरुलाइ काबु गर्न नसकेर मेरै जिम्मा लगाइदिन्थीन, समपुर्ण रुपले मैमाथि समर्पित भैइ दिन्थिन,
समय बितेको पत्तै भएन , द्य।क्ऋ mद अन्तिम इक्जाम सुरुहुन केही दिन बाकी थियो, समि लाइ आज त्यहि हाम्रो पहिलो भेट भएको कफि सपमा साझ छ पाच बजे भेटौ भनेर कल गरे, साझ पाँच बजे त्यहि पसलमा कफिको मिठो सुर्पी संगै मनःभीत्रका भावहरु बहकाइ रहेका थियौ, शान्त त्यो नदिको तिरमा पानिका छालहरुमा खुट्टा उछुट्याएर केही मौन भएर आफ्नै स्वधिनतामा हराएर बोल्दै थिइ समी, यि किनाराहरु पक्क पनि छालसंग कती क्रुठ हुदाहुन है मौसम,
भए पनि त आखीर ,सहन गर्छन किनाराहरु ,
तिमी पनि किनारा जस्तै है,
नाम मौसम भएर पनि परिवर्तन हुन नसक्ने।
उस्ले केही निरास भावमा भनेकी थिइ,
उस्का आँखाहरुको डिलमा झर्न नसकेर टिलपील टिलपील गरिरहेका आँशुका थोपाहरु यताउता मडारिदै थिए, उस्का आँखाहरुलाइ पुछेर च्याप्प अँगालोमा बेर्दै भने,
समि तिमी कीन आज यस्ता कुरा गर्दैछ्यौ,
रोक्न सकीन्न र घुक्क घुक्क गर्दै मेरो अँगालोमा बेस्सरी कसिइन,
समि ले त्यो साझ आफ्नै रुममा जाँउ भनेकी थिइन,
कुनै असह्य पिडाहरु बाट शोषीत स्त्रि झै,समि केही बेलकुल मौन थिइ त्यो रात, उस्मा कुनै अपेक्षा थिएन त्यो चन्द्रमा प्रति अनि ति अनगिन्ती ताराहरुको चम्करावट प्रती। त्यो रात सुनसान भएर बित्यो,
त्यो बिहान अरु बिहानहरु जस्तो भएन, फिक्का थियो कफीको स्वाद, अनि शुन्य थियो समि को मुहारको चमकता, शितहरुबाट पिडीत बिहानिका सितल शान्तमय स्थिती केही खल्लो लाग्यो, समिले मेरो सर्ट लगाइ दिइन अनि , त्यो प्राकृतिक स्वाद माथि कफिले आफ्नो कृतिम स्वाद ले लेपन गरेका ओठहरुले मेरो मुखमा स्पर्ष गरिन,तर त्यो स्पर्षमा बेलकुल शुन्यता, मौनता अनि रित्तो रित्तोपन को महशुस हुदै थियो,
समि आज अलि नर्भस बनेकी थिइन, मलाइ थाहा थियो तर मैले कुनै कर गरेको थिएन किनभने उ कुनैपनि कुरा मसंग लुकाउनै सक्दिन थिइ,
दोस्रोदिन बिहान समिको मोबाइल अफ थियो, समि संग दिउसो फोन मा कुराकानि हुन्नथ्यो त्यो दिन पनि भएन, साझ तिर पनि ट्राइ गरे र पनि लागेन समि पढाइमा कुनै बाधा नहोस भनेर यति कडा नियम लगाउछे सोचेको पनि थिएन, तेस्रो दिन पनि समिको मोबाइल मा फोन लागेन,
रुम तिरै गए , तर त्यहाँ चाबि थियो
।मेरो मुटुको धड्कन बढ्दै थियो या घट्दै थियो।
माथिल्लो तलामा बस्ने उस्कै सिनीयर स्टाप ,एसु रिजाल को रुममा गए, मेडम समि का जानु भको छरु
ए उहाँ त आजको फ्लाइट छ भन्दै हुनुहुन्थ्यो ःद्यद्यक् को लागी स्कोलरसिप जित्नु भएछ,तपाइलाइ यो कागज दिनु भएको छ,
समि को नम्बरमा कल गरे तर, उस्को भाइले उठायो दिदी गइसक्नु भयो, बिहानै,
समी तिमी साच्चै कति महान रहेछौ , जिन्दगीको यात्रामा चौतारिमा भेटी एका मान्छे हरु संग भाव मिल्दैमा उतै गन्तब्य बनाउनु मुर्खता हैनर, तिम्रा यि धमिला कुराहरुको यथार्थता साच्चै आज म धमिलै हुदा बुझ्न सके, कडामम बनाएर जिन्दगी जिउन सकेन मैले तिमी ले भने झै समि म मौसम भएर पनि कहिलै शिसिर संग लुकामारि गर्न चाहिन र गरेन पनि मलाइ त बस बसन्तकै अँगालोमा बेरीन मन लाग्ने गर्यो,
समिले दिएको कागजमा कोरिएका अक्षर हरु खोल्न मन नलाग्दा नलाग्दै खोले,
ूूमौसम तिमी लाइ सम्बोधन गर्ने शब्द म संग केही बाकि रहेको छैन,
मै ले तिमी संग बिताएका दिनहरु मा साच्चि सुखमय हासोहरु हास्न सिकेको थिए,मौसम तिमी ले मलाइ स्वार्थी भन्छौ भने पनि भन तर म जब देखी तिम्रो प्रेमको पहरामा चिप्लेटी खेल्न थाले नि मैले जिवनलाइ रंगिन बनाएकी थिए, साच्चि जिन्दगीका यात्राहरु त नचाहेरै मेडिदा रहेछन जहाँ हामि चाहान्छौ त्यस्को बिपरीत दिसामा ,जब म तिम्रो नजिक हुन्थेनि मैले त्यो भन्दै बढि आत्मियता अरु कसैमा भेटेन,तिम्रा हरेक पाइलाहरुमा संगै अघि बढ्ने चाहानाले मेरो रिदयमा आड जमाइसकेको थियो, मौसम तिमी मेरो लागी पर्खन सक्छौ भने कसम म जति भाग्यमानि अरु कसैलाइ ठान्ने छैन, म त्याहा पिगे पछि पहिलो कल तिमीलाइ गर्ने छु ,तिमी मेरो बाध्यतालाइ बुझेर जुन निश्कर्ष निकाल्न सक्छौ निकाल तर म हरेक पलहरु मा तिम्रो यादहरुलाइ ,त्यी अतित हरुलाइ बर्तमान बनाएर जिउन खोज्नेछु।
तिम्रो अभागी

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला