Breaking News

सर्मपण पुष १५ मा रिलिज हुने

​ नेपाल तथा बंगलादेशमा छायाकन गरीएको चलचित्र सर्मपण पुष १५ गतेबाट रिलिज हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना  गर्दै चलचित्रले पार्टी गीत तथा पोष्टर रिलिज  गराएको हो । चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथयमा आयोजित कार्यक्रम्मा बरिष्ठ कलाकार मोहन निरौलाले पछिल्लो समय छक्का पञ्जा लगाएतका चलचित्रहरुको राम्रो प्रर्दशनमा आएको उर्जाले चलचित्र निर्माण गर्न हौसला बढेको बताए ।

उनले सरकारी नियम निकाय अष्पष्ठता नभएकाले चलचित्र बिकाश बोर्डले स्पष्ठ धारण बनाउन आग्रह गरे । यस्तै अर्का बरिष्ठ कलाकार रमेश बुढाथोकीले पनि चलचित्र सर्मपणलाई सफल्ताको शुभकामना ब्यक्त गर्दै सर्मपणले दर्शकहरुको चासो बढाउन सकोस भने शुबेच्छा दिएका दिए । 

कार्यक्रम्मा प्रमुख अतिर्थी राईले चलचित्रलाई सफलताको शुभकामना दिदै नया नया कथामा चलचित्रहरु निर्माण भैरहेकोमा बिकाश बोर्ड ले स्वागत योग्य ठानेको बताए । उनले बिज्ञानले दिएको सुबिधा प्रयोग गर्नु पर्नेमा जोड दिदै बिकशित भएको प्रबिधिलाई अपनाउनचलचित्रकर्मीहरुलाई आग्रह गरेका थिए ।  कार्यक्रम्मा चलचित्रका निर्देशक बसन्त निरौलाले सर्मपण राम्रो चलचित्र बनाएको बताए ।


 सर्मपणलाई केही मान्छेहरुले भिडियो फिल्म बनाएको आरोप लगाएकोमा आप्पती जनाउदै निर्देशक निरौलाले साथीभाईको बिषयको कथा उठान गरेको बताए । चलचित्रमा नाम नचलेका नया कलाकारहरु रहेपनि उनिहरुले राम्रो काम गरेको र चलचित्रलाई बंगलादेशका बिभिन्न रमणिय स्थानमा छायाकन गरेको उल्लेख गरे ।

 यस्तै  निर्माता रोजन रखालले पनि चलचित्रलाई स्वदेश तथा बिदेशमा छायाकन गरेको बताउदै राम्रो कथा भएकाले चलचित्रमा आफुले  लगानी गरेको बताए । 

चलचित्रमा कैलास तामाग,रन्जु शर्मा,रुबिना शर्मा,अनु पराजुली आशा भुसाल, रोजन रखाल ,बिश्व लामा,प्रयास लामा लगाएतकाको मुख्य भुमिका रहेको छ । टंक बुढाथोकीको संगीत रहेको यो चलचित्रमा दिब्य सुबेदी,दिेनेश बान्तोवा,जयकुमार दलामीमगरको छायाकन,बिश्वास लामाको नृत्य, किरण अधिकारी र तारा थापा किम्भेको सम्पादन तथा कुमार महर्जनको एक्सन रहेको छ ।

 फायर ईन्टर प्राईजेज एण्ड मिडिया प्रालीको ब्यानरमा बनेको चलचित्रलाई ईमरान सिदिकिले निर्माण गरेका हुन ।

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला