Breaking News

नेविसंघ अध्यक्षमा नैनसिंह महर विजयी

काठमाडौं, भदौ २ – नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी हुनुभएको छ । मनोजमणि आचार्यलाई १ सय ६४ मतले पछि पार्दै महर नेविसंघको अध्यक्षमा विजय हुनुभएको हो ।

निर्वाचन समितिका अनुसार महरले १४ सय ९६ र आचार्यले १३ सय ३२ मत ल्याउनुभएको छ । यस्तै
महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा विजयी भएका छन् । मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

संस्थापन पक्षका महरले रामचन्द्र पौडेल पक्षधर मनोजमणी आचार्यलाई पराजित गरेका हुन् ।

त्यस्तै नेविसंघको महामन्त्रीमा पनि महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।

नेविसंघ नेतृत्वमा अधिकांश महर प्यानलका उम्मेदवार बिजयी भएका छन् ।

कांग्रेसको शक्तिसाली भातृ संगठन मानिने नेविसंघमा २०६४ सालदेखि महाधिवेशन हुन सकेको थिएन ।

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला