Breaking News

नेविसंघ अध्यक्षमा नैनसिह महर नै किन हुनुपर्छ ?

नेपाल बिद्यार्थी संघका प्रखर वक्ताको रुपमा रहेका नैनसिंह महरको जन्म सुदुरपश्चिमको डडेलधुरामा भएको हो । कक्षा ८ देखि आफनो राजनितीक यात्रा शुरु गरेका महर इकाइ सचिव, इकाई अध्यक्ष र जिल्ला अध्यक्ष हुदै नेविसंघको केन्द्रिय सदस्य भएका थिए । क्षेत्र र जिल्ला हुदै राजनिती शुरु गर्दै केन्द्र सम्म आइपुगेका महर लेखक र पत्रकार पनि हुन । महर नेपाल पत्रकार महासंघ डडेलधुराका संस्थापक सभापति पनि हुन ।

उनी नेविसंघमा प्रदिप पौडेल अध्यक्ष हुदाँ उपाध्यक्ष थिए । महरले नेविसंघको इतिहाससम्वन्धी पुस्तक समेत लेखेका छन् । उनले लेखेका ‘शिक्षाको चुनौती’ नामक पुस्तकले अन्तराष्ट्रिय पुरस्कार समेत जितेको थियो । त्रिभुवन बिश्वबिद्यालयमा एमए र नेपाल ल क्याम्सपसबाट एलएलबि गरेका छन् । जनआन्दोलनको बेलामा चार पटक जेल समेत परिसकेका महरले डडेलधुरमा रहेर कान्तिपुर दैनिकमा काम पनि गरेका थिए ।

महरले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने, ओपन युनिभर्सिटि, सेमेस्टर र ग्रेडिङ जस्ता प्रणालीको मुद्धाका कुराहरु पहिलो पटक उठाएका थिए । उनले लागुपदार्थ रहित शैक्षिक संस्था, देशका सम्पुर्ण प्रान्तमा मेडिकल कलेज र इन्जिनियरिङ शिक्षा लगायतका माग पनि राख्दै आएका छन् । शिक्षा भित्र केही न केही माफियाकरण भएको छ । त्यसले शिक्षा क्षेत्र ध्वस्त हुदैछ । गरिब र धनीका छोराछोरीले पढने शिक्षा अलग अलग छ ।

दुई किसिमको नागरिक उत्पादन हुने शिक्षालाई विस्थापित गरेर हुनेले तिर्ने र नहुनेले पनि स्थान पाउने शिक्षा अहिलेको आवश्यक्ता हो । शिक्षमा समान अवसर र समान पहुँच हुनुपर्छ । म त्यसलाई कार्यान्वयन गर्नेछु ।

‘राजनीतिमा नैतिकता र इमान्दारिता भएन भने राजनीतिको अस्तित्व धरापमा पर्ने र राजनीतिक जीवन नै संकट मा पर्ने’ महरको ठहर छ । नैतिकवान प्रजातन्त्रवादी जनशक्ति उत्पादन गरेर कांग्रेसलाई बलियो बनायने जिम्मा हाम्रो काधमा आएको छ । गुट भन्दा माथी उठेर साझा संघ बनाउने महर बताउँछन् ।

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला