Breaking News

नायिका बिनिताको उपन्यास अंश–अरु शिक्षक पनि मलाई उति नै मन पराउँथे

स्कुल, घर, हरे, सरस्वती दिदीको पसल फेरि स्कुल, घर ।।।। कति छिटो एक महिना बित्यो, एउटै समयतालिकामा । सुरुका दिनमा पढाउन मुस्किल परेको थियो । म कक्षामा छिर्नासाथ कहिले निस्केलाझैं गर्थे विद्यार्थी । मसँग भन्दा पनि उनीहरूलाई अङ्ग्रेजी विषयसँग गुनासो थियो । उनीलाई अङ्ग्रेजी राम्रोसँग आउँदैनथ्यो, पढ्न अल्छी गर्ने नै भए ।
हाम्रो पालामा पनि यस्तै हुन्थ्यो(साथीहरू अङ्ग्रेजी पढ्नै नमान्ने । हरेले त कतिचोटि हो अङ्ग्रेजी र संस्कृतको किताब सँगसँगै विद्यालयको चौरमा जलाएको थियो । आफू पढ्न सक्तैनथ्यो अनि अरूलाई पनि भड्काएर किताब जलाउँथ्यो । एक दिन त सरले थाहा पाएका थिए । उसको कन्चटमा बजाउँदै कक्षा कोठामा छिराउँदै भनेका थिए, ‘अझै जलाउँछस् किताब रु’ अनि कुट्नसम्म कुटेका थिए उसलाई । कक्षाको ढोकामा उभिएर मैले उसलाई खुच्चिङ गरेको थिएँ । किनभने मलाई पहिलेदेखि नै एकदम चाख लाग्ने अङ्ग्रेजी विषयको किताब जलाएको कत्ति पनि मन परेको थिएन । 
पढ्न रमाइलो लाग्थ्यो मलाई । जिन्दगीमा पढ्न प¥यो भनेर गुनासो कहिल्यैै भएन । बरु पढेर केही गर्न सकिएन भन्ने गुनासो आजसम्म थियो ।
जे होस्, समय बित्दै गएपछि मैले शिक्षकको जागिर साँच्चिकै रमाइलो र सन्तोषजनक नै पाएँ । विद्यार्थी मसँग एक महिना नपुग्दै रत्तिन थालेका थिए । हेडमास्टर पनि मप्रति निकै कृतज्ञ थिए किनकि गाउँमा अङग्रेजी शिक्षकको अभाव थियो र उनलाई म पाउँदा ढुङ्गा खोज्दा देउता पाएजस्तै भएको थियो ।
विद्यार्थी पहिले अङ्ग्रेजी बोल्न डराउँथे । त्यति रुचाउन पनि रुचाउँदैनथे तर म आएदेखि उनीहरू अङ्ग्रेजी पनि खुब चाख दिएर पढ्न थालेका थिए । म हँसाइहँसाइ पढाउँथें, अङ्ग्रेजी पढाउने मेरो तरिका पनि छुट्टै थियो । म विभिन्न खेल खेलाउँथें । कहिले अङ्ग्रेजी गीत सिकाउँथें, कहिले स्पेलिङ प्रतियोगिता गराउँथें । विद्यार्थीलाई पढिरहेको छु जस्तै लाग्दैनथ्यो । उनीहरू अङ्ग्रेजी बोल्न पनि थालेका थिए । म कक्षामा छिर्नासाथ हँसिलो अनुहार बनाउन थालेका थिए ।
विद्यार्थी मेरो क्लासमा हल्ला बढी गर्छन् भनेर मैले हेडमास्टरसँग कहिल्यैै गुनासो गर्नुपरेको थिएन । नत्र प्रायः सबै शिक्षकहरू विद्यार्थीले दुःख दिन्छन् भनेर औपचारिक बैठकमा भन्ने गर्थे ।
स्कुलका अन्य शिक्षक पनि मलाई उति नै मन पराउँथे । एकादुई शिक्षकहरू भने मसँग डाहा गर्न थालेका थिए । उनीहरू आफू सिनियर भएकोले आफ्नो तरिकाले स्कुल चलाउन खोज्थे । भन्थे, ‘नियम यस्तो हुनुपर्छ । कोर्स यसरी सक्नुपर्छ । सुविधा यति दिनुपर्छ । विद्यार्थीलाई अनुशासित राख्न शिक्षक कडा रूपमा प्रस्तुत हुनुपर्छ ।’ अनि पढाउन कम परोस् भनेर अनेक तर्क राख्थे ।
उनीहरूका कुराहरुमा मेरो सहमति कहिल्यैै हुँदैनथ्यो । मैले असहमति जाहेर गरेपछि हेडमास्टर पनि ‘म पनि अशोक सरको भनाइमा सहमत छु’ भनिहाल्थे । उमेरमा उनीहरूभन्दा धेरै सानो भए पनि मसँग उनीहरूको भन्दा धेरै ज्ञान थियो । म शिक्षा, स्वास्थ्य, राजनीति, अपराध आदि विषयमा अपडेट हुने भएकाले विद्यालय र विद्यार्थीको उज्ज्वल भविष्यका लागि अपनाउनुपर्ने व्यवहारहरूको कुरा गर्थें । मेरो कुरा सुनेर मलाई मन पराउने शिक्षकहरू दङ्ग पर्थे ।
मदानपुरमा कतै इन्टरनेट क्याफेको सुविधा थिएन त्यसैले मोबाइलमा कनेक्सन स्लो भए पनि घन्टौं घोत्लिएर देश तथा विदेशको विवरण लिन्थें । त्यसैले अरू शिक्षकलाई थाहा नभएको कुरा मलाई थाहा हुन्थ्यो ।
म सन्तुष्टै थिएँ । झन् सन्तुष्ट त पहिलो महिनाको तलब थापेपछि भएँ ।
मेरो पहिलो तलब । यसअघि काठमाडौं बस्दा फाट्टफुट्ट काम गरेर अलिअलि पैसा त कमाउँथें तर तलब नै भनेर थापेको पैसा पहिलो थियो यो । मेरो तलब आएको, हरेले के छोड्थ्यो । सोध्यो, ‘ल के खुवाउँछस् त उल्टे तेरो पहिलो तलबबाट रु कि डान्स बारतिर उडाउने रु पहिलो तलब हो यार, खाएर फाल्नुहुन्न ।’
‘गोरु ।’ हाँस्तै उसको टाउकोमा प्याट्ट हिर्काएँ । सरस्वती दिदीकहाँ लगेर उसलाई पेट भर्ने गरी राँगाको सुकुटी र ठर्रा खुवाएँ । अनि आफूलाई अलिकता पकेट खर्च राखेर बाँकी सबै पैसा आमालाई बुझाएँ । घरको सबै व्यवहार अझै पनि बाले नै हेर्ने भएकोले होला आमाले मेरै अगाडि बालाई पैसा राख्न भनेर दिनुभयो । 
बाले केही नभनी खुरुक्क आमाको हातबाट पैसा लिए । उनको अनुहार अरू दिनभन्दा अलि उज्यालो भयो । मलाई बाको उज्यालो अनुहार देखेर लाग्यो, पैसा धेरै होस् या थोरै त्यसको शक्तिचाहिँ उस्तै हुँदो रहेछ १
आफूलाई राखेको पकेट खर्चबाट मैले भतिजालाई बन्दुक पनि ल्याइदिएको थिएँ । त्यसैले अघिदेखि बालाई ताक्दै तोते बोलीमा ‘धिताउ, धिताउ’ गर्दै थियो ऊ । भाउजू मुसुमुसु हाँस्तै मलाई हेर्दै हुनुहुन्थ्यो । भाउजूनजिक गएर खुसुक्क भनें, ‘बुझ्नुभो भाउजू, बाको अर्को विरोधी पनि जन्मिइसक्यो ।’ 
भाउजू खप्न नसकेर अनुहार लुकाउँदै आवाज दबाएर हाँस्न थाल्नुभयो । 
सबैको अनुहारमा उज्यालो छाएपछि मेरो मन प्रफुल्ल भयो । 
सरस्वती दिदीको पसलमा चैत महिनाको प्रसङ्ग चल्दै थियो । हरेले चियाको चुस्की लिँदै भन्यो, ‘चैतमा केटीहरूलाई पोइल जाऊँजाऊँ लाग्छ रे ।’ 
चैतमा नै किन रु एकछिन सोचें । तर कारण दिमागमा आएन । सोधें, ‘किन नि रु’
‘दिन लामो, उराठलाग्दो हुन्छ । के गरुँ, के गरुँ हुँदो होला अनि केटा खोज्छन्, हिँड्छन् ।’ 
हरेको कुराले मेरो चिया सर्कियो । मैले हाँस्तै भनें, ‘बिचरा, तँलाई त कसैले जाऊँ भनेन होला ।’
टुप्पे बाहुन १ तँलाई पनि त कसैले भनेन नि ।’ 
म हाँसिदिएँ मात्र ।
फेरि भन्यो, ‘तैंले भेट्टाइनस् है तेरो केटीलाई रु’ 
स्कुलको बाटामा तीन महिनाअघि भेटेको ती युवतीबारे हरेलाई सुनाइरहन्थें । उसलाई कहाँबाट पोइल जाने प्रसङ्गमा उनको याद आएछ १ 
‘अहँ ।’
‘काँ’ उराठ मानेर बसिरहेकी होली त १’ 
हरेको कुराले मलाई ती अपरिचित युवतीको सम्झना गरायो । उनलाई आफ्नो मानसपटलमा देख्न थालें । उनलाई सम्झेर अलि दुःखी पनि देखिएँ क्यारे, हरेले भन्यो, ‘फेसबुकमा खोज् न नाम पत्ता लगाएर । केटीको अनुहार त लक्ष्मीप्रसाद देवकोटाले झैं वर्णन गर्ने भा’छस्, चिनिहाल्छस् नि ।’
‘त्यस्तो मेहनत गरेर खोजेर अर्कैकी श्रीमती वा प्रेमिका रहिछन् भने के गर्ने रु’
‘त्यस्तो रहिछिन् भने त तँ के गर्छस् थाहा छैन, मचाहिँ यही चौतारामा बसेर मज्जाले हाँस्छु । मैले भोगेको पीडा अरू पनि भोग्दा रहेछन् भनेर सान्त्वना लिन्छु ।’
जमानामा च्याट गर्दागर्दै अर्कैकी श्रीमतीसँग हरेको लभ परेको थियो । अति गहिरो । कति पटक भीरबाट हामफाल्छु भन्दै हिँडेको थियो । ती दिन सम्झिएर हाँसो रोक्न सकिनँ । 
एकछिनको हाँसोपछि हरेको कुरामा म सोचमग्न भएँ । ठट्टैठट्टामा उसले कामलाग्ने कुरा गरेझैं लाग्यो । आजकाल बच्चाबच्चीदेखि बूढाबूढीसम्मको फेसबुक हुन्छ । उनीचाहिँ कुन संसारमा बस्छिन् र नहुनलाई रु
आफैंलाई प्रश्न गरें, मेरो दिमागमा यो आइडिया पहिले नै किन आएन रु नत्र अहिलेसम्ममा केही नभए पनि उनको नाम र ठेगाना त पत्ता लाग्थ्यो । फेरि उनको प्रोफाइलबाट उनी एक्लै कि दुक्लै भन्ने कुरा पनि थाहा हुने थियो । 
‘तैंलै त केटीको अनुहार वर्णन मात्र गरेर फेसबुकमा सर्च गरिस् भने पनि फेसबुकले पत्ता लगाइदेला । नाम पनि किन पत्ता लगाउनुप¥यो र रु’ फेरि उडायो हरेले । 
त्यस्तो गर्न मिल्ने भएको भए, आहा 

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला