Breaking News

मेरो घर अनि चुहिने छत पुरानो भैसक्यो।। जून हेरी निदाउने आदत पुरानो भैसक्यो।।

लोकेन्द्र बोहरा चट्टान, स्याँडी २ बझाङ, मल्लागाँउ।।
मेरो घर अनि चुहिने छत पुरानो भैसक्यो।।
जून हेरी निदाउने आदत पुरानो भैसक्यो।।

नत कुनै जोश छ शरिरमा नत उमङ्गनै,,,
लाग्छ सिरा धमनीमा रगत पुरानो भैसक्यो।।

नुन खुर्सानी छर्किने कष्ट नगर्नु ए१११निष्टुरी,,
मेरो यो मुटु भित्रको खत पुरानो भैसक्यो।।

यो समयले आज मलाई कैदी बनाएको छ ,,,,
मेरो भाग्य तिम्रो इजाजत पुरानो भैसक्यो।।

एक हुल हत्याराहरु खुलेआम घुम्छन,,,,
नियम कानुन अदालत पुरानो भैसक्यो।।

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला