बेलायत इयुबाट बाहिरिँदा विश्व अर्थतन्त्रमा दूरगामी असर : ओबामा
असार १६ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेलायतले युरोपियन युनियन इयु छोड्दा विश्व अर्थतन्त्रको विकासमा दूरगामी असर पर्न सक्ने बताउनुभएको छ । बेलायतमा गएको हप्ता भएको जनमतसंग्रहमा इयु छोड्ने पक्षमा मतदान भएपछि त्यसको असर विश्व अर्थतन्त्रमा लामो समयसम्म पर्न सक्ने भन्दै राष्ट्रपति ओबामाले चिन्ता व्यक्त गर्नुभएको हो । यसले गर्दा बेलायत वा समग्र युरोपमा हुने लगानीमा असर पर्न सक्ने ओबामाको भनाई छ । ओबामाले बेलायतका प्रधानमन्त्री डेविड क्यामरुन र इयुका नेतालाई बेलायत इयुबाट बाहिरिने व्यवस्थित प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ । ओटावामा भएको क्यानडा र मेक्सिकोका नेताको सम्मेलनमा ओबामाले विश्व अर्थतन्त्रमा बेलायती जनमत संग्रहको नतिजाले नकारात्मक असर पर्ने देखिएको बतानउनुभएको हो ।
यसअघि इयुका नेताले बेलायत इयुको व्यवसायमा रहन चाहेमा इयुका नागरिकको स्वतन्त्र आवतजावतमा रोक लगाउन नहुने बताएका थिए । इयुका नेताले इयु भित्रका नागरिकको स्वतन्त्र आवतजावतको अधिकारमा कुनै सम्झौता हुन नसक्ने, यदी त्यसमा बेलायत सहमत नभएमा इयुको व्यवसायमा सहभागी हुन नपाउने चेतावनी दिएका छन् । बेलायतको जनमतसंग्रहपछि पहिलो पटक इयुका २७ देशका नेता ब्रसेल्समा छलफलमा जुटेका छन् । बेलायत बिनाको इयुको बैठक यो ४० वर्षमा पहिलो हो ।
– एजेन्सीको सहयोगमा
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला