रजनीकान्तको चलचित्र हेर्न हवाई यात्रा
असार ११ – चलचित्र हेर्नका लागि हवाई यात्रा, के यस्तो पनि हुन्छ ? सुन्दा अचम्म लागेपनि दक्षिण भारतीय अभिनेता रजनीकान्तको नयाँ चलचित्र कबाली हेर्नका लागि उनका फ्यानले हवाई यात्रा गरेका छन् । स्मिथ सरमा रंगनाथन साथीहरुका साथ एक सय ८० किलोमिटर टाढाबाट रजनीकान्तको चलचित्र कबाली हेर्नका लागि बैंग्लोर पुगेकी छन् । उनले यसका लागि सात हजार ८ सय ६० रुपैयाँ भारुको हवाई टिकट किनेकी हुन् । ३६ वर्षकी स्मिथा भन्छिन् ‘रजनीको चलचित्रको खास लगाव तपाई केवल चेन्नईमा महसुस गर्न सक्नु हुन्छ ।’ रजनीकान्तको नयाँ चलचित्र कबाली जुलाई १५ मा रिलिज हुँदैछ । स्मिथा कबालीको ‘फस्र्ट डे, फस्र्ट शो’ चेन्नईबाट बैंग्लोर आएकी हुन् । रजनीकान्तका फ्यान विमान चढेर जाने कुराको अहिले धेरै चर्चा भइरहेको छ । रजनीकान्तका फ्यानले चेन्नईमा उनको चलचित्र रिलिज हुने दिनलाई उत्सवको रुपमा लिने गरेका छन् ।
चार दशकको करिअरमा ६५ वर्षका रजनीकान्तले एक सय ७० भन्दा धेरै चलचित्रमा अभिनय गरेका छन्, यसमा धेरै तलिम भाषाका छन् । रजनीकान्तको नयाँ चलचित्र कबालीको टिजर अहिलेसम्म दुई करोड २३ लाख भन्दा धेरैले हेरेका छन् । Ujyaaloonline
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला