चालु आर्थिक बर्षमा जिल्ला अदालत दार्चुलाबाट दुई वटा ठूला मुद्धा फैसला
असार, २६, दार्चुला
चालु आर्थिक बर्षमा जिल्ला अदालत दार्चुलाले दुई वटा ठूला प्रकृतिका मुद्धा फैसला गरेको छ । २०७२ फागुन १० गते जाहेरी भएको चोरी मुद्धा २०७२ चैत्र १ गते जिल्ला अदालत दार्चुलामा दर्ता भएको थियो । बादी नेपाल सरकार र प्रतिबादी राजेन्द्र महर्जन सहित शेरी गाविसका पाँच जना रिचार्ज कार्ड चोरी गरेको आरोपमा दोषी देखिएको जिल्ला अदालत दार्चुलाका न्यायाधिश दुर्गाबहादुर भुसालले जानकारी दिनुभययो ।
२०७३ असार १४ गते भएको फैसला अनुसार अकबरसिह महर र केशवसिह महरले सफाई पाएका छन् भने विष्णु महरलाई ६ हजार रुपैँया जरिवाना तोकिएको छ । त्यसैगरी राजेन्द्रसिह महरलाई डेढ महिना कैद र ९ हजार जरिवाना सजाय भएको जानकारी दिनुभयो । त्यसैगरी सोही मुद्धाका आरोपीत १५ बर्षका जिल्ला ७२ हे नाम परिवर्तित नाबालकलाई २३ दिन कैद र ४ हजार ५ सय रुपैँयाँ जरिवाना तोकिएको छ ।
मुद्दाका दोषि राजेन्द्रसिह महरलाई प्रतिदिन २५ रुपैँयाका दरले कैद सजाय गरिएको छ भने नाबालकलाई फैसला भएको मितिले एक बर्ष सम्म त्यस्तो काम गरेमा तोकिएको कैद समते थपेर सजाय हुने गरी आफन्तको जिम्मा लगाईएको जिल्ला अदालत दार्चुलाका श्रेष्तेदार डल्लुराम चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी जबरजस्ती करणीको अर्को मुद्दाको पनि २०७३ असार १९ गते फैसला भएको छ । सरकारबादी उक्त मुद्दा अन्तरगत लाली गाविस वडा नम्बर ६ बस्ने डम्बरसिह थापालाई १ लाख ५० हजार रुपैँया क्षतीपुर्ति सहितको सजाय भएको छ । जिल्ला ७२ को जाहेरीले १३ बर्षको नाबालकलाई जबरजस्ती करणी गरेको जिल्ला अदालत दार्चुलामा मुद्दा दर्ता गरिएको थियो ।
No comments
मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला